14 September 2011

दु:ख सुख

खुशि बयान गर्न नसक्ने ले दु:ख बयान गर्दा नमिल्दो रहेछ
दु:ख पनि सुख को अर्को पाटो हो तै पनि नपच्दो रहेछ

चलेको चलन होला दु:ख मा आतिने सुखमा रमाउने मान्छे
कस्तो चलन होला दुखमा दुनियाँ गुहार्ने सुखमा एक्लै रमाउने मान्छे

दु:ख पर्दा आशुको सागर मा डुबेको मन सुखमा त्यो सागर भुल्ने
दु:ख मा साथ् दिने हात् हरु सुखमा कसैलाई एक रति यादै नहुने

दु:ख सुख जिन्दगी को एक अर्काको पुरक हो भन्छन् सबैले
किन सुख पर्दा हास्ने मान्छे दुख पर्दा रुने गर्छन् यहाँ सबै

बुज्न सकिन मैले संसार को रीत न बुज्न सके आँफैलाई मैले
दु:ख पर्दा रुन्छु सुख पर्दा हस्छु किन थाह पाउन सकिन मैले

दु:ख यहाँ हजार छन् सुख पनि यहाँ अनगिन्ती छ खोज्न सिकौ
सा सानो कुरा मा पनि सुख छ यो संसार मा आउ खोज्न सिकौ

दु:ख यहाँ हर कोइ ले दिन्छन सुख दिने मान्छे संसार मा कमै छन्
सुख दिने मान्छे आफै खोजी हेर दु:ख दिने भन्दा कति धेरै कति छन्