MY POEMS

कबिता : जातै मा खै के राख्या छ .....?

छुन लेन्देन हुदैन रे मलाइ म सानो जात को मान्छे हुनाले
बोल्नै हुदैन रे मलाइ म पानी नचल्ने जातको मान्छे हुनाले

मलाइ कसैले सिकाएनन कुन जात सानो कुन जात ठुलो भनेर
मैले बुज्नै सकिन खै सानो ठुलो जात कहाँ कसरी हुन्छ भनेर

म जातै ले सानो उहीँ भावना त्यही रगत अनि छाला छ होला 
मैले छोएको पानी त के कुरा प्रेम बिबाह सम्म नचल्ने किन होला

जातै ले प्रेम गर्ने भए किन पो चाहियो र मन को भावना अनि मुटु 
दुनिया ले हेप्दा जातीयता मा बुज्दैन कत्ती रुन यो मन कुटु कुटु

प्रेम गर्न खै कस्ले पो जात खोजी खोजी बिबाह गर्ने छन होला यहाँ
मानव को बस्ती बसाउदा खै कस्ले पो जातीयता को प्रश्न गर्छ यहाँ

जोबन चल्ने नाति को सम्पती चल्ने पुरुष को अनि खोज्ने किन जात
प्रेम अनि बिबाह सम्म त धर्म ले पनि मान्दैन सानो ठुलो जात

आखिर जातै ले प्रेम देखि बिबाह हुने भए किन चाहियो र मन मुटु यहाँ
खै! कस्ले पो चलायो होला जातीयता को पर्खाल बुजाउन मलाइ यहाँ 

शब्द: बिमल राज निस्चल
मिति :२०७८-०१-२६

कबिता : आमा अनि आमा औशी 

हुन त मलाइ सधै आमा कै मुख हेर्ने दिन कुर्नु पर्दैन
हर साल क्यालेन्डर पल्टाउदै आमा औशी रुग्नु पर्दैन

नजिक भएता पनि कुनै दिन कुर्नु पर्दैन मलाइ आमा औशी
म छु अनि छौ आमा र त छ जिन्दगी मा मलाइ आमा औशी 

डाडा माथी को घाम छौ अनि पिर ले सम्झाउदा हप्काएको लाग्ला
दुख को पहाड छ अनि त मैले भन्दा गाली मात्र गरेको पो लाग्ला

हामी जहाँ छौ त्यहा सम्म पुर्याउन कमि त दुख थिएन आमा
हामी जसरी जिउदो छौ यहाँ सम्म आउन कम्ती त धैर्य थिएन आमा

अनि त तिम्रो माया लेकराउन मन लाग्छ अझै केहि बर्ष दुख सहनु
अझै त हप्काउन मन लाग्छ किन कि अझै केही बर्ष जिउनु

पर्दैन मलाइ कुर्न आमा औशी नै हर दिन तिमिलाइ देख्न पाउ
नसके पनि धन ले मन नै बन्दकी राखी तिमिलाइ हेर्न पाउ

खै के भयो यो जन्म जे छ उसै मा खुसी हुन पनि सिक्नु है आमा
छुन त आकाश थियो नि बिडम्बना दुख सुख मै जिउनु है आमा 

शब्द: बिमल राज निस्चल 
मिति: २०७८-०१-२६

कविता  -  कवाड जिन्दगी

कहाँ थियो मेरो जिन्दगी कहाँ आएर रोकियो यो मेरो कवाड जिन्दगी ।।।
फुलाई फुल को माझ म थियो मेरो जिन्दगी काडै काडा को बिच मा अड्कियो मेरो जिन्दगी ।।।

मैले चाहेको जिन्दगी एस्तो त थिएन तर पनि बाचेको छु एक दिन को आशा मा ।।।।
आझ भोली भन्दै हासेर बाचेको छु म भोली को त्यो एक दिन को कल्पना मा ।।।

मलाई मेरो जिन्दगी ले कहाँ बाट कहाँ लाग्यो मलाई नै त्यहाँ छैन ।।।
सम्झेर हेर्छु अतित को पल हरु अनी आशु झार्नु सिवा केही छैन ।।।

माया नै माया को धरोरा मा अडेको थियो जिन्दगी वर्तमान मा के भयो मेरो यो जिन्दगी ।।।
विश्वाश को नाता हल्लेर सन्का को नयाँ नाता को सुरुवात भो हाम्रो माया को जिन्दगी ।।।

कविता - नयाँ बर्ष  2010
छाडेर गयो एउटा बर्ष ले न कुनै सफलता न कुनै असफलता नै दिएर
अब अयो अर्को बर्ष शायद केही हुन्छ की भन्ने झुटो आशा लिएर

जादा जादै धेरै दु:ख थोरै खुशी दिएर गएछ पुरनो बर्ष ले
अब त पुरा विश्वाश छ खुशी नै खुशी दिन्छ नयाँ बर्ष ले

कही कतै अपार सुख पनि दिएर गयो त कतै आशु को भेल पनि
सधैं सधै आशु दु:ख हुँदैन जिन्दगी मा हुन्छ सुख अनी माया पनि

कही बिछोड को चोट दियो कही आफन्त को पिडा दियर गयो
एउटा नयाँ नाता दिएर गयो एउटा नयाँ भावना दिएर गयो

मिलन हुने आशै आस मा बर्ष भरी को सपना झरेर पनि गएछ
कही त एउटा अपर खुशी को मिलन दिएर पनि गएछ

आखिर उही हो कही सुख त कही दु:ख दिएर गएको को छ
न सफलता न त असफलता नै दिएर गएको छ

अब को बर्ष ले पुरानो बर्ष भुलाउने उमङ लिएर आउने छ की
मेरो जिन्दगी म एउटा नयाँ याद बबोकेर औने छ की


कविता   - एक  हिर्दयी आफन्त लाई
तिमी म भन्दा धेरै टाढा गएछौ रे मैले हेर्ने आकाश भन्दा धेरै टाढा गएछौ रे
मैले के नाइ गर्न सक्छु र तिमी म भन्दा धेरै धेरै टाढा गएछौ रे

थाहा छैन तिमी कहाँ गयोउ तर मेरो आगन् भन्दा धेरै टाढा गएछौ
तिमी लाई कुरी रहे तर तिमी अचानक धेरै धेरै टाढा गएछौ

तिमी लाई विश्वाश दिलाउन नसक्नु मा मेरो कम्जोरि छ मलाई त्यहाँ छ
तिमीलाई मैले दिने माया मा धेरै सन्का अनी अबिश्वास छ मलाई त्यहाँ छ

तिमी सग मैले झूट बोलेको छैन म तिमीलाई के गरेर भनौ र
म झुटो होला तर मेरो माया त झुटो छैन क् गरी सम्जाउ र

आखिर टाढा भाई हल्योउ तिमी खुशी रहे म खुशी रहने छु
तिमीलाई त्यहाँ छ तिम्रो एक बचन् ले म सधैं खुशी हुने छु

जहाँ रहे पनि सधैं मेरो साथ मा रहने छौ तिमीसग बिताएका पल हरु ले
तिमी ले माया मरे पनि लाएको माया मर्न सके को छैन यो राज ले

तिमी म भन्दा धेरै टाढा गएछौ रे मैले हेर्ने आकाश भन्दा धेरै टाढा गएछौ रे
मैले के नाइ गर्न सक्छु र तिमी म भन्दा धेरै धेरै टाढा गएछौ रे

थाहा छैन तिमी कहाँ गयोउ तर मेरो आगन् भन्दा धेरै टाढा गएछौ
तिमी लाई कुरी रहे तर तिमी अचानक धेरै धेरै टाढा गएछौ

तिमी लाई विश्वाश दिलाउन नसक्नु मा मेरो कम्जोरि छ मलाई त्यहाँ छ
तिमीलाई मैले दिने माया मा धेरै सन्का अनी अबिश्वास छ मलाई त्यहाँ छ

तिमी सग मैले झूट बोलेको छैन म तिमीलाई के गरेर भनौ र
म झुटो होला तर मेरो माया त झुटो छैन क् गरी सम्जाउ र

आखिर टाढा भाई हल्योउ तिमी खुशी रहे म खुशी रहने छु
तिमीलाई त्यहाँ छ तिम्रो एक बचन् ले म सधैं खुशी हुने छु

जहाँ रहे पनि सधैं मेरो साथ मा रहने छौ तिमीसग बिताएका पल हरु ले
तिमी ले माया मरे पनि लाएको माया मर्न सके को छैन यो राज ले

कविता  - जिन्दगी
तिमी मेरो जिउने सहरा हौ भनेर जिउदै छु यो सागर को बिच मा
तिमी मेरो मुटु को धद्कन हौ भनेर बाच्दै छु यो बेहाल जिन्दगी मा

कल्पना गर्दा पनि तिमी बिना को जिन्दगी कल्पना गर्न सक्दिन म
सपना मा पनि तिमी बिना को जिन्दगी कल्पना गर्न सक्दिन म

कहाँ बाट आयोउ मेरो जिन्दगी मा कहाँ बाट मेरो जिन्दगी भायोउ थाहा छैन
अब म त जिन्दगी मा तिमी बिना मेरो एक पल को खुशी छैन

तिम्रो याद नै मेरो जिन्दगी भयेको छ जिउने सहरा भएको छ
तिम्रो याद झिके मेरो जिन्दगी एउटा खाली प्यला हुने छ

नजाउ टाढा म देखी तिमी गये पनि म खोजी खोजी आउने छु
तिम्रो एक झ्लक अनी एक स्पर्श को लागि म जिन्दगी दाउ मा लगाउने छु

तिमी मेरो मुटु हौ तिमी मेरो बाच्ने एक मात्र सहरा हौ
एक बचन् भन्दा तिमी मेरो सारा जीवन हौ

कविता   - म सक्दिन तिमीलाई लुकाउन
म सक्दिन तिमीलाई लुकाउन
आफ्नो हृदयको आकांक्षालाई
सक्दिन पलभर टाढा रहन,
केवल तिमी नै हुन्छौ मेरो पर्खाइमा
हाँसी हाँसी लगायौ यो बन्धन
सक्दिन सजिलै चुडाउन पनि
गहिरो खाडल भित्र पसेछु म
जहां पुगि अल्मलिएँ आज।
बैगुनी रहेछौ तिमी यो मन चोरी दियौ
चन्चलपनलाई आज मौनतामा वदलिदियौ
लुकाउन खोज्छु अरुको सामु
सक्दिन तिम्रो अघि लुकाउन
म तिमीलाई हृदयमा लुकाउंछु
भन्छु आज यो पनि म तिमीलाइ माया गर्छु
गल्ती त गरिन मैले यो रित पुरानो हो
तिमी त सायद बानी परिसक्यौ होला
तर मेरो लागि यो नौलो हो।

कविता - म विकाउमा छु
असफलताको सम्पूर्ण सिढिहरु वर्लेर
आकाँक्षाहरुको बलिदान गरेर पनि
आफ्नो मूल्य खोज्न
म विकाउमा छु

प्रत्येका रित्ता सपनाहरु संगालेर
प्रत्येक आशाहरु निरासामा बदले पनि
आफ्नो अस्तित्व पहिल्याउन
म विकाउमा छु

प्रत्येक भावनाहरु नासीएर
प्रत्येक कल्पनाहरु निष्क्रिय भएर पनि
अवनतिको सिमांकन गर्न
म विकाउमा छु

मुटुको आगो चिसिएर
सम्पुर्ण आफुनै रित्तिएर पनि
जीवनको मूल्याकंन गर्न
म विकाउमा छु

कविता - तिमीलाई  भुलेको छैन
तिमीलाई देखी टाढा गएर तिमीलाई मैले भुलेको छैन
तिमीलाई मैले मेरो जिन्दगी को एक पल पनि भुलेको ।
तिमी नै त हौ मेरो जान तिमी नै त हौ मेरो जीवन
तिमी लाई मेरो जिन्दगी बाट मेटाये न मन न ।
तिम्रो एक मुस्कान मेरो लागि अमृत हो तिमी मेरो अप्सरा
तिम्रो एक अलक मेरो लागि जीवन को एक ।
तिमी देखी टाढा जाउ पनि कहाँ जहाँ हेर्छु तिमी तिमी छौ
ढुङ्गा माटो हरेक हरेक कुरा मा तिमी अनी तिम्रो याद ।
तिमी देखी मेरो जिन्दगी सुरु तिमी नै मेरो अन्त हौ
यो संसार मा केवल मेरो प्रण तिमी नै तिमी ।

कविता -तिम्रै मनको बगैँचामा सर्न मन लाग्यो मलाई 

आज पनि तिम्रै बयान गर्न मन लाग्यो मलाई
तिम्रै मनको बगैँचामा सर्न मन लाग्यो मलाई ॥

मेरो लागि तिमी भित्र ताज महल राख्या छौरे
त्यसैले त मनको बजार भर्न मन लाग्यो मलाई ॥

धेरै नदि नाला हरु एक्ला एक्लै पार गरेँ
मायाँ को यो सागर सगै तर्न मन लाग्यो मलाई ॥

साथ बिना मेरो पनि ज्यूँने अर्थ रह दैन
बरु छिट्टै त्यही काखमा मर्न मन लाग्यो मलाई ॥

म फूलेर निर्मोहीलाई बाशना दिनु भन्दा बरु
सुबाश छर्न नपाउँदै झर्न मन लाग्यो मलाई ॥

आज पनि तिम्रै बयान गर्न मन लाग्यो मलाई
तिम्रै मनको बगैँचामा सर्न मन लाग्यो मलाई ॥

कविता -"खोइ त यहाँ सज्जन जन्तु"
पाताले गहिराइमा छाम्छु भन्नेहरु
आकाशको उचाईमा घाँटी लगाई हेर्ने 
पुगेर ठाडो हेर्ने जन्तु

मनको दुर्बिन्ले मुटु छाम्न खोजी
दृस्टी लगाउँदै ताक्ने
स्यल्माराहरु

अहमताको साम्य बिंदुमा उभिने
राजा महाराजा हस्तीहरु
हिरण्य र बास्साहरु

यही हो तिम्रो औकात
यहीं हो तिम्रो स्थान भन्नेहरु
आफ्नो हातमा माला जप्दै
दिन रात गन्नेहरु

उचाइको तुलना गर्नेहरु
अनि आफु धरातलमा फस्नेहरु
ज्ञान गुनका कुरा गर्नेहरु

मन गन्ते भाषा बोलेर
भित्रै बाट धरातलमा बसी
मनलाई पेल्नेहरु

हिटलरको लोगोमा बिस्वाश गर्नेहरु
आफुलाई उच्च ठान्नेहरु
अरुलाई निर्धो सोच्नेहरू

संघर्षले तिखारिएका
तिखो न तिखो काँड़ाहरुलाई
जरा काट्न खोज्नेहरु

मानिस भित्रको मानिसमा
अन्तरता बोकेर
दिमागको खोपडी भित्र बर्खे लहराको
बिऊ रोप्नेहरु

सिमल उब्जाउनेहरु
फल टिपेर चाख्न खोज्नेहरु
खोइ कुन आकाशमा
उफ!कुन मानवियता कुन सभ्यतामा
कुन उचा परीचयले सफल

आफ्नै मात्र दुनो सोझाई
आफ्नै गुण-गान गाउने
गन्हाई सकेको मरेको सिनो
टाढाबाट कागले संकेत दिई सकेको

न्युटनको प्रोटोन ग्यास भई
मानवियताको लागि हराई सकेको
आन्तर दिशामा बग्ने
अन्तरता ब्यबहारमा बग्ने जन्तु

त्यो निर्जीव प्राणी क्रुर प्राणी
सज्जन बन्ने पागलहरु
पागल बनिएका सज्जनहरु
अन्य दिशामा बग्ने नालाहरु
गन्हाई सकेका ढलहरु

रबिन्सका चेला भनाउदा
उफ! कालिदासका गुरुहरु
ठाउं सर्ने गदयूलाहरु
रुप फेर्ने छेपाराहरु

अद्यारोमा कराउने स्यालहरु
बर्षामा निस्की कराउने भ्यागुताहरु
गर्मीमा निस्कने सर्पहरु
रातमा बल्ने राँके भूतहरू
खोइ ता यहाँ सज्जन खोइ त?

कविता -समर्पित
धेरै कुरा छन मन मा तर के लेखु के लेखु भएर मन अतिएको छ
भन्न पर्ने कुरा धरै छन सुन्न पर्ने कुरा पनि थुप्रै थुप्रीएको छ ।

कहाँ बाट सुरु गरेर कहाँ अन्त गरौ मन झनै दोधार मा भएछ
तिम्रो सम्झना आउँदा रहेको शब्द पनि कहाँ कहाँ हराएर गएछ ।

शायद तिमी नै नभएको भय म पनि कही हराउने थियो होला
आज जुन माया को संसार छ त्यो संसार हुने थिएन होला ।

तिमीलाई पनि याद छ मलाई पनि याद छ आज कै दिन थियो
मेरो दोस्रो तिम्रो पहिलो प्रेम को एउटा अनन्त सुरुवत थियो ।

हाम्रो प्रेम सुरु भएको दिन भनौ की हाम्रो संसार बसेको दिन
सम्झँदा लाग्छ हाम्रो संसार को अनन्त सुरुवत भएको एक दिन ।

त्यो यो दिन नै हो हाम्रो प्रेम को अनन्त सुरुवात भएको सम्झना
त्यो यो नै दिन हो हाम्रो संसार दुनियाँ बाट भागेर बसेको गहना ।

हिजो नै हो कि जस्तो लाग्छ भेट भएको तर जुनि जुनि बिते छ
तिम्रो चोखो माया को पारीबन्द मा परेको जुनि जुनि भएछ ।

के गरेर गयो यो जुनि कहाँ बाट गयो यो जुनि केही होश छैन
बस छ त तिमी छौ अनी तिम्ले दिएको संसार बहेक केही होश छैन ।

हामीले गासेको माया झनै गहिरो गहिरो भएर गए को छ
तिमीले दिएको उपहार अहिले मेरो आँखा अगाडि ठुलो भएको छ ।

एसरी नै माया दिरहन पाउ एसरी नाइ तिमीलाई हेरी रहन पाउ मैले
जहाँ गये पनि हर पल तिमी सग माया क भलाकुसरी गर्न पाउ ।

भगवान सग केहे मग्दिन माग्छु त तिम्रो साथ् म बाचिन्जेल् लाई
तिम्रो चोखो माया रही रहोस् मेरो जीवन मा सदैब सदैब जुनि भर लाई ।

तिमी बाट टाढा रहेर के भयो मैले मेरो संसार तिम्रै भर मा छाडेको छु
झुटो कुरा भनौ भने पनि तिमीलाई मैले धेरै धेरै माया गरेको छु ।

Poem For You.................

Poem For You.................

Good times they come and they go
Never going to know
What fate is going to blow
You're way just hope it feels right
Sometimes it comes and it goes
You take it ever so slow
And then you lose it, then it flows right to you
So we rely on the past
Special moments that last
Were they as tender as we dare to remember
Such a fine time as this
What could equal the bliss
The thrill of the first kiss
It'll blow right to you

It's never as good as the first time
Never as good as the first time

Good times they come and they go
Never going to know
It's like the weather
One day chicken next day feathers
The rose we remember
The thorns we forget
We'd love and leave
We never spend a minute on regret

It is a possibility
The more we know the less we see
Second time, second time is not quite what it seems
Natural as the way we came to be
Second time won't live up to the dream

It's never as good as the first time
Never as good as the first time

Natural as the way we came to be
Second time won't live up to the dream
Natural as the way we came to be
Second time is not quite what it seemed

It's never
As good as the first time
As the first time (Never as good as the first time)
The First time

Natural as the way we came to be
Second time won't live up to the dream
Natural as the way we came to be
Second time is not quite what it seemed

It's never
As good as the first time
As the first time (never as good as the first time)
The first time


Raj Nischal..............Dedicated to someone.. you know who you are!