14 May 2012

भावनाहरु दबाइ दबाइ

मेरो मन का भावनाहरु दबाइ दबाइ कहीले सम्म झुटो हासो हास्नु र म
मेरा जीवन का गल्ति हरु सम्झि सम्झि कहीले सम्म एक्लै रुनु र म

एक बचन खेर गयो मेरो मन को कुरा सुनाउनु गल्ति भएछ तिमिलाइ
माया गर्छु तिमिलाइ मत्लब मेरो साथ् जिउनु पर्दैन तिमिलाइ

अहिले बुज्दै छु नाटक गरेको भए हुने थियो तिम्रो साथ् अनी तिम्रो माया
नभनेको भए तिमी म सँग हुन्थ्योउ म हुने थियो तिम्रो अन्जान एक छाया

सोच तिम्रो गलत हो की मेरो माया गर्ने बानि यहाँ बुझ्न जीवन जान्छ की
मैले माया गर्नै तिमिलाइ नहुने जस्तो माया गर्दा तिम्रो जात धर्म जान्छ की

सक्दिन धेरै हास्न मन भारी तिमिलाइ भन्ने अनगिन्ती शब्द लुकाइ लुकाइ
कसरी हास्नु यो संसार मा तिम्रो माया को एक एक तिर हरुको पिडा खाइ खाइ

 सक्दिन तिमी बाट टाढा रहन तिमिलाइ झुटको मेरो एउटा साथी छ भन्दै भन्दै
अरु त क भन्नु र जाने नै भयो मेरो जिन्दगी तिम्रो एउटा याद् ह्रिदय मा राख्दै राख्दै

अब त बुझ्ने कोसिस गर मेरो माया लाई तिमी बाट म केहे चहदिन बस एउटा साथ्
अब नी नबुझे कहीले बुज्छौ र मैले खोजेको केवल तिम्रो पवित्र एउटा साथ् बस साथ्

मेरो मन का भावनाहरु दबाइ दबाइ कहीले सम्म झुटो हासो हास्नु र म
मेरा जीवन का गल्ति हरु सम्झि सम्झि कहीले सम्म एक्लै रुनु र म