14 September 2011

किन किन तिम्रो सम्झना ले मुटु पोलेको छ

किन किन तिम्रो सम्झना ले मुटु पोलेको छ
किन किन तिम्रो याद् ले यो मन दढेको छ

यो मन आज धेरै रोएको छ आँशु बिना हिर्दये मा
यो मन ले तिमिलाइ खोजेको छ आज मेरो दुखमा

मेरो माया झुटो होईन विश्वाश दिलाउ म कसोरी
हिर्दय खोलेर देखाउ पनि म यहाँ खोइ कसोरी

सक्दिन रुन जिन्दगी भर तिम्रो याद् बोकेर म
सक्दिन झुटो हास्न तिम्रो एउटा बचन सम्झेर म

मेरो माया तिमिलाइ हो मैले झुटो बोले छैन
मेरो आफ्नै संसार छ तिमिलाइ झुटो भनेको छैन

जति मेरो संसार प्यारो त्यति  मलाई तिमी लाग्छ प्यारो
आउने छु एक दिन तिम्रो सामु नबनाउ मलाई एक्लो

मैले माया गरेर लाज लाग्नु पार्ने किन हो थाहा पाइन
मैले जानेर गल्ति गरेर लाज लाग्नु किन पत्तै पाइन

माया गर्न यहाँ के को लाज मैले कसैको मन दुखायेको छैन
लाज लाग्नु पार्ने तिमिलाइ हो मलाइ होईन मिले केहे पाप् गरेको छैन