14 September 2011

तिम्रो सम्झना ले पोलेको छ

सम्झेर कहीले हासेको छु कहीले रोएको छु तिमी सँग बिताएको एक त्यो पल
तिमी थियौ म म थिए अनी थियो त्यो ईशाराको एउटा भाषा अनी फेवा ताल

सम्झिने मन मेरो मात्र होला तिमिले त कहाँ सम्झन्छौ र त्यो एउटा पल
घुम्दौ फिर्दै गयेका थियौ तिमी र नजानेर नै होला त्यो परि फेवा ताल

ईशाराको भाषा बुझेको जस्तो लाग्थ्यो होईन रहेछ तिम्रो मन त ढुङ्गा परेछ
तिम्रो हरेक कुरा गराई मा प्रेम् को झलक हुने मेरो एउटा जीवनको भुल रहेछ

खै किन तिम्रो कुरा गराइ बोली बचन मा प्रेम् को आभास लाग्थ्यो मलाइ
किन किन तिम्रो हरेक कुरा मा मेरो प्रेम् को अनुभव हुन्थ्यो सधैं मलाइ

तर त्यो सब कस्को आँखा लाग्यो आज उजाड छ मेरो जिन्दगी तिमी बिना
आज बसन्त छ तर हरियाली छैन खुशि लाग्दैन मलाइ तिमी बिना

सम्झना आउछ की आउदैन होला तिमिलाइ मलाई त तिम्रो सम्झना ले पोलेको छ
झुटो माया नै भएर होला मलाई त किन किन तिम्रो धेरै सम्झना ले मारेको छ