14 September 2011

तिम्रो साथ् भए पुग्छ

चहिदैन मलाई संसारको सारा खुशि तिम्रो साथ् भए पुग्छ
माग्दिन म अलौकिक संसारको बर्दान तिम्रो हात् भए पुग्छ

जानु छैन मलाइ धेरै टाढा बस्नु छ तिम्रो छेउमा तिमी सँग
भग्नु छैन मलाई कतै आउ न बस तिमी मेरो छाया सँग

संसारको खुशि मलाई फिका लाग्छ तिमी मेरो छेउ रहदा
जगत को सुख छोटो लाग्छ मलाइ तिमी मेरो साथ् रहदा

खोजेको छैन मैले तिम्रो त्याग अनी तिम्रो आफ्नु संसार
तिमी रमाउ जहाँ म बनाउछु मेरो तिम्रो अर्कै संसार

भन्नेले जे भनोस मेरो माया सधैं तिमिलाइ नै रहनेछ
सुन्नेले जे सुनोस मेरो साथ् तिमिलाइ नै साधा रहनेछ

तिम्रो साथ् मलाई प्यारो लाग्छ चहिदैन प्रकितीको काख
तिम्रो मुस्कान प्यारो लाग्छ मग्दिन संसारको साथ

तिमिले साथ् दिये पुग्छ मलाई म तिमिलै दिने छु
तिमी जहाँ जन्छौ तेही नयाँ गोरेटो बनाउने गर्दछु