14 September 2011

कति जलाउछौ जलौ यो मन लाई

कति जलाउछौ जलौ यो मन लाई जलेर खरनी हुने मनै न हो
जति सक्छौ देखाउ तिम्रो नौटन्की आखिर जीवन नै एउटा नाटक नै हो

देखाउने को सीमा छैन सहनेको सीमा कहाँ सम्म छ तिमिलाइ के थाहा
माया त माया हो जुठो होस् य पवित्र तिमी जस्तो निस्तुरी लाई के थाहा

सक्छौ भने गरेर देखाउ किन बेला बेलामा नाटक को पात्र बन्छौ र तिमी
फगत को एउटा आँशु झर्ने बाटो बनौछौ किन सधैं सधैं जस्तो तिमी

भनेकै छु हजार पटक के अब मैले टाउको फोर्नु मात्र बाँकी छ र भित्तमा
भनेकै हो गल्ति मेरो हो तिम्रो गल्ति छैन तिमी त सह्दै हासी खुशीमा

मैले सबै स्वीकार गरे किन फरी पल पल मेरो सामु आउछौ नौतन्की हुन
तिमी जस्तो छैन मेरो मन ढुङ्गा को मन जस्तो सक्दिन सारा जीवन

जे भनेको छु त्यो बदलिदैन रितु झै न त बगेर जान्छ धर्तिको माटो झै
बदलियेल तिम्रो जीवन बदलियेल तिम्रो जीवन झरेर गएको पात् झै

धेरै नसताउ दुक्छ मन कहीले काही तिम्रो नी मन दुख्ला याद् गर
म के भनु र कुनै दिन मेरो जस्तो तिम्रो नी मन रुने छ बिचार गर

भन्नु केहे छैन अब जे छ सबै तिम्रो दिमाग मा भरेको छु होईन र
तिमिलाइ नी थाहा छ तिमिलाइ नी मैले कति धेरै माया गरेको छु होईन र ?