08 August 2011

कोलहाल बस्ती

मान्छे को कोलहाल बस्ती मा मेरो बसाइ छ
बस मेरो एउटा मान्छे भनेर सानु परिचय छ

न मेरो भावना कसैले बुजेको छ न मन लाई
न मेरो जीवन कसैले बुजेको छ अ मायालाई

केवल बसेको छु मानबको बस्ती हुने ठाउँ मा
केवल हिनेको छु मानबले कोरेको सीमा रेखा मा

मेरो भावना यहाँ कसैको हास्ने बहाना बनेको छ
मेरो माया यहाँ कसैलाई कुरा गर्ने बहाना बनेको छ

म हिड्ने गोरेटो मा तिमिलाइ हिड्दा असजिलो हुन्च होला
मैले टिप्ने फूलबारी मा तिम्लाइ असुद्ध हुन्च होला

मेरो आफ्नै बेथा छ तिमिलाइ कुनै मत्लब छैन
मेरो आफ्नै कथा छ कसैलाई कुनै मत्लब छैन

खुशि मा खुसियाली मनाउने हजार छन् यो जिवन्मा
दु:ख म साथ् दिने कमै छन्  मेरो यो जीवन मा

जीवन त आखिर जीवन नै हो तिम्रो मेरो हामी सबैको
माया त माया हो तिम्रो मेरो हामि सबै कू