08 August 2011

म आँफै मा हरायेको मान्छे

म त आँफै मा हरायेको मान्छे तिमिलाइ कहाँ खोज्न सक्छु र
म त धर्ति मा झरेको फूल तिम्रो शिर मा कहाँ सजिन सक्छु र

बेहोसी मा हिनेको छु होश यहाँ कसलाई मतलब छ र
म आँफै मा हरायेको मान्छे मेरो कसलाई मतलब छ र

मलाई खोज्नु पर्दैन तिमिले म तिमी मै हरायेको मान्छे
मलाई हेर्नु पर्दैन तिमिले म आँफै ले नहेरीको मान्छे

जहाँ छु त्यहा तिमी छैनौ म त एक्लै एक्लै हरयेछु
तिम्रो साथ् मागेर पनि म काही कतै एक्लै यात्री भयेछु

तिमी हिड्ने बाटो मा हिड्दै छु तै पनि एक्लै भयेछु....................