यो मेरो नितान्त ब्यक्तिगत शब्द हो !
जिबनमा साचो प्रेम एक जना सङ मात्र हुदो रहेछ अनि बिबाह पनि एक जना सङ मात्र हुने रहेछ अन्यथा सबै बाकी सम्बन्ध हरु एक घमण्ड रिस राग देखाउन अनि आफै लाई आफैले खुसी बनाउन गरिने एक सानो प्रयास मात्र हुदो रहेछ जुन सम्बन्ध अनि माया प्रेम र बिबाह को कुनै औचित्य रहदैन ......
जिबनमा प्रेम केवल त्यो एक ब्यक्ती सङ मात्र हुदो रहेछ जो ब्यक्ती कदापी कसैको उपस्थित मा पुर्ण गर्न सकिँदैन अनि र त्यो एक प्रेम नै जीवन भर को लागि भरी भराउ हुन्छ । प्रेम सिर्फ एक ब्यक्ती सङ हुन्छ जुन प्रेम न कसै लाई दिन सकुन्छ न त कसै को अभाब मा निम्त्याउन नै सकिन्छ । प्रेम को जुन अभाष अनुभव र अनुभूति एक जना ब्यक्ती सङ सम्बन्ध रहे पछि अरु कसैले त्यो स्थान त्यो माया अनि त्यो सम्बन्ध लिन कदापी सक्दैन बस त्यो प्रेम जीवन भरको लागि नै हुन्छ् तर रिस घमण्ड र असम्झ्दारिका साथ प्रेम को सम्बन्ध अन्त्य हुनु यो भौतिक सन्सारमा कुनै अनौठो कुरा पक्कै होइन ।
बिबाह ! प्रेम पछि को बिबाह पनि आफै मा अलौकिक र बयान गर्न नसकिने सम्बन्ध का साथ शब्द हो, जबकी प्रेम आफै मा महान सम्बन्ध का साथ कोहि कसै सङ साट्न अनि दाझ्न सकिँदैन भने बिबाह आफै मा परि पुर्ण सम्बन्ध हो जहाँ दुख सुख देखि हरेक कुरा हरु को एउटा समिश्रण हो जस्लाइ प्रेम गरि बिबाह गरिन्छ त्यो बिबाह आफै मा निसब्द हुन्छ तर पनि बिबाह आफै मा यति कमजोर सम्बन्ध हो कि रिस घमण्ड राग असम्झ्दारी का साथ आफन्त अनि बैरी हरु का कारण तहस नहस हुने गर्दछ जसलाइ बचाउन कि प्रेम चाहिन्छ कि बिबाह सम्बन्ध आफै मा पुर्ण नत्र बिबाह सम्बन्ध आफै मा अन्त्य हुन कुनै कारण चाहिदैन ।
बिबाह त्यो ब्यक्ती सङ मात्र सम्भब छ जो ब्यक्ती सङ प्रेम थियो ! अथाह प्रेम नत्र शारिरिक सुख र घमण्ड देखि देखाउने बिबाह बस एउता सम्झौता मात्र हो जुन सम्बन्ध आफै मा कमजोर हुने हुदा खासै अर्थ राख्दैन अनि ती सम्बन्ध हरु बस समय सङ सङै आफै मा बोझ हुन मात्र लाग्छन अनि समझ्दारी का सआथ अन्त्य हुन सक्छन जहाँ रिस घमण्ड आफन्त अनि धन सम्पती चाहिदैन ........
सम्बन्ध ? प्रेम बिबाह अनि सम्बन्ध .....
प्रेम आफै मा एक जीवन हो अनि बिबाह आफै मा एक सम्पुर्ण सम्बन्ध तसर्थ ती पछि का प्रेम बिबाह र सम्बन्ध हरु बस एक भ्रम मात्र हुन जस्लाइ कुनै पनि अर्थ र शब्द मा लेख्नु जरुरी छैन ........