जानू नै छ एक दिन त्यागेर यो सारा माया मोहको सन्सार
के नै लानु छ र छाडी एक मुट्ठी श्वास अनि यादको लहर
गर्नु छैन मलाइ धनको चिन्ता जिउन खोज्दै छु प्रेमको साथमा
गर्नै छैन मलाइ कसैको वास्ता जिउदैछु म आनंद का साथमा
हिजो म के थे कहाँ थिए त्यो मेरो कर्म को एक सानो अंस थियो
आज जे जिउदैछु त्यो मेरो आफ्नै जिबनको अन्तिम गन्तब्य थियो
खै कसको पिर गर्नु कसलाइ सम्झी रुनु छ र फगतको जिबनमा
सम्बन्ध अनि धन सम्पती सबै हुन केवल एक मिथ्याको भ्रममा
जिउनु छ मलाइ हासेर भुली सारा ती दुख पिर भुलाइ आजै देखि
भोगेको छु रोयेको छु अब त भयो मलाइ ती सारा सन्सारिक माया मोह देखि
जीवन हर बिहान जाग्नु नै आज मेरो लागि बिजय को कथा हो
एक दिन हासी हासी एक्लै जिउनु नै अब त मेरो लागि माया हो
न धन को लोभ न माया को चाह छ बस मलाइ आफ्नै माया मात्र छ
सन्सार कहाँ कता जाला मलाइ मेरै जीवन को एक एक पल प्यारो छ
।शब्द : बिमल राज निस्चल
मिति : २०७९-०८-०६