Showing posts with label ब्यक्तिगत सोचाइ अनि भोगाइ. Show all posts
Showing posts with label ब्यक्तिगत सोचाइ अनि भोगाइ. Show all posts

29 June 2021

नितान्त ब्यक्तीगत भोगाइ अनि बिचार: दलित अनि सामाधान का विकल्पहरु......


नेपाल मा यो दलित शब्द र भेदभावपूर्ण व्यबहार का कुरा हरु सदियौ सदिऔ देखि हरेक साल नेपाल का हरेक गाउँमा जिल्ला मा हुँदै मिडिया देखि सिह दरबार हुँदै राजधानी का गल्ली चोक मा सुनिदै आउँछ तर देश मा ठोर र दीर्घकालीन रुप मा न चर्चा हुन्छ न त सामाधान का बिकल्प हरु नै लागू हुन्छन ......

एउटा् घटना घट्छ केही दिन गाउँ सहर चोक मन्त्रालय मिडिया हुँदै उक्त केस सेलाउदै जादा सबै कुरा फेरि सामान्य बन्दै फेरि अर्को बर्ष नेपाल को अर्को गाउँमा उस्तै प्रक्रिया प्रकृति को घटना घट्छ अनि फेरि गाउँ सहर चोक मन्त्रालय मिडिया अनि सेलाउदै सेलाउदै फेरि .....

नेपाल मा अहिले सम्म भएको ठ्याक्कै यहि नै हो तर सामाधान का बिकल्प र बिषय कहिले पनि निस्किन सकेनन किन त?

ब्यक्तिगत रुप मा केही बिकल्प र बिषय हरु बुदा गत रुप मा राख्दै छु:

१. शिक्षा अनि सस्कार:
पहिलो बिषय त नेपाल को आजका पढ्नेहरू को शिक्षा को पाठ मा दलित भन्ने शब्द हटाउनै पर्छ ! किन कि आज पनि उच्च जात महाजन बाहुन भन्दै ठुलो जात र सानो जात भन्दै सार्की कामी दमाई कै उल्लेख हुन्छ! हामिले पढ्ने शिक्षा मा सधै भेदभावपूर्ण नाम सर्बनाम हरु को प्रयोग भएको देखिन्छ, घर मा खेत मा अनि साहु उच्च जात को मा काम गर्ने भन्दै दलित जात गरिबी को उपनाम नै प्रष्ट राखिदा सिक्ने बालबालिका को मस्तिष्कमा के होला?

नेपाल का हरेक घर समाजमा आफ्ना छोरा छोरी हरु लाई यो जात भात र दलित शब्द को अर्थ परिभाषा र सस्कार दिन सामाजिक रुप मा नै बन्द गरिनु पर्छ किन कि आज पनि नेपाल मा गाउँ घर सहर मा सानो जात छुन नहुने जात गरिबी को जात भन्दै दमाई कामी सार्की भन्दै घरमै सिकाइन्छ जुन आफै मा भोलि को सन्तती ले दमाई कामी सार्की लाई गर्ने व्यबहार हो! भेदभावपूर्ण ब्यभो र दमाई कामी सार्की प्रती सोच्ने मानसिकता उपज हो ।

यदि आजको बालबालिका हरु लाई दलित अछुत र गरिब जात भन्दै शिक्षा र सस्कार दिए भोलि १६-१७ बर्ष पछि दलित शब्द इतिहासमा मात्र् सिमित हुन समय लाग्दैन र?

२. आर्थिक अबस्था र सरकार को नीति नियम:
हरेक बर्ष गरिबी निबारन अनि दलित निबारन भन्दै सरकारले बजेट र आर्थिक नीति ल्याउछ तर पनि खै कुन जिल्ला गाउँमा दलित र गरिबी निबारन भयो त?

सरकार को तर्फ बाट यदि हरेक गाउँ हरेक सहरमा गरिबी निबारन बिसुद्ध रुप मा ल्याउनु पर्छ किन कि आज पनि नेपाल मा जो सम्पन्न छ, जो पैसा वाला छ त्यो ब्यक्ती नै सरकारले तर्फ बाट आउने राहत, गरिबी निबारन कोष , आर्थिक लाभ र सरकारले दिएको आर्थिक लाभ सहयोग लिदै छ तर वास्तविक गरिबी र दलित हरु नाम मात्र को रहेका छन ।

यदि सरकारले गरीबी निबारन भन्दै बिशेष सहयोग र राहत कोष दिन सके गरिबी सङ सङै दलित भन्ने हरु भोलि आर्थिक समृद्धि गर्दै समाज मा चिनिन सफल हुनेछन् ।

३. चलचित सन्चार र मिडिया :
नेपाल का चलचित्र नाटक देखि सन्चार का बिषय बस्तु पात्र र कथा हरु मा सधै गरिब अछुत बिपन्न भने पात्र दलित कै उपनाम मा देखाइन्छ, के गरिब निमुखा काला भन्नू नऐ दलित हो त?

नेपाल मा सन्चार चलचित्र मिडिया देखि बिधुतिय प्रचार मा प्रमुख स्थान पाउने नै दलित भन्ने दमाई कामी सार्की लाई चिनाउनु एक दम गलत हो जस्को सिधा नकारात्मक सन्देश हरेक नएपाली मआ जाने गर्छ सो त्यो व्यापक रुप मा बन्द गरिनु पर्छ । 

४. दलित बिबाह अनि समानता:
कुनै बएला सरकार ले दलित युवती लआइ बिबाह गर्ने पुरुष , सायद उच्च जात को पुरुष लाई पुरस्कार दिने ब्यबस्थापन गरेर झन समाज मा नकारात्मक संदेश मात्र गयो तसर्थ अब किन दलित युवक युवती बिहे भए मा फेरि पुरस्कार दिने ब्यवस्था नगर्ने ? के नारी मआत्र दलित हो र?

पुरुष पनि दलित भन्दै नेपाल मा थुप्रै घटना भएका छन सो पुरुश पनि पुरस्कार दिने ब्यबस्थापन गरे किन नहोला?

यदि दुबै तर्फी बिबाह सम्बन्धलाइ कानुनन सामाजिक मान्यता दिएर भोलि को सन्तती मा यो दलित र उच्च जात भन्ने भेदभावपूर्ण व्यबहार पक्कै नहोला कि? 

५. सरकारी स्तर अनि कानुनी प्रक्रिया :
नेपाल मा यदि जातीयता को आधारमा कुनै घटना भए न पुलिस न सरकारी स्तर बाट नै उजुरी गुनासो र कारवाही गर्न धिलाइ हिच किच देखि बेवास्ता गरिनु पनि गलत हो तसर्थ कुनै दलित भन्दै चिनिने कानुन र सरकार को समक्ष पुग्न सक्दैन! 

नेपाल को सरकार को निकाय मन्त्रालय र जन स्तर को कर्मचारी तह मा हर गाउँ सहरमा एक दलितको नियुक्तिसम्बन्धी नियम बनाउनु पर्छ किन कि दलित पनि पढ्नेहरू देखि सीपको काम मा दक्ष हुन्छन भन्ने देखाउनु जरुरी छ ।

दलित भन्दै समाज लए चिन्ने जाती ले नै सीपको काम देखि अध्यन सम्म सफलता पुर्बक गर्ने हुदा सरकारी स्तर को नियुक्ती हुनु पअनि बिकल्प हो ।

यो मेरो ब्यक्तिगत बिचार मात्र हो है ! 

शब्द: बिमल राज निस्चल

08 June 2021

ब्यक्तिगत भोगाइ अनि सोचाइ: भोक अनि भोको जिन्दगि

बास्तबमा जिन्दगी सधै एकै नास को नि हुदैन अनि जिन्दगी भर न सधै सुख मात्र हुन्छ न सधै दुख मात्र किन कि मैले बुजेको जिन्दगी मा दुख सुख सङ सङै निरन्तर यात्रा मात्र हो, जहाँ जिन्दगी मा हर एक सम्बन्ध हरु बाट सिक्दै अनि हर एक दिन बाट केही सिक्दै अगाडी बड्दै जानू पर्छ अनि मात्र जिन्दगी मा खुशी संतुष्ट हुन सकिन्छ .......

भोको पेट .....

जीवन मा कुनै समय येस्तो समय पनि थियो न कुनै कुरा को कमि थियो न त कुनै कुरा मा परिपक्वता तर पनि जिन्दगी आफै मा सफल र खुशी थियो .......

परदेश को ठाँउ मा दिन रात भोकभोकै बस्दै रात कुनै गल्लु चौर मा बिताउनु को पनि आफ्नै कारण कारक र कर्म को फल जो थियो ......

यदि मैले कुनै दिन खाना र आफ्नो जिन्दगी लाई निच नबानाएको भए सायद न म परदेश मा भोक भोकै बस्दै रात रात बिना छत नै बस्नु पर्ने थियो तर म अनि मेरो कारण नै मैले जे भोग्नु पर्यो त्यो नै म आज बन्नु को प्रमुख कारण मात्र हो .......

ब्यक्तिगत भोगाइ: अन्न फालेको मन पर्दैन अनि म


नेपाल मा उक्गान नै छ कि " अन्न ले श्राप छ अन्न नफाल्नु " सायद यो उखान बुढा पाका ले त्यसै भनेका पक्कै होइनन .....

म ब्यक्तिगत रुप मा यो भगाइ बुझाइ छ कि जिन्दगी मा अन्न अर्थात भात खाना को एक दम महत्त्वपूर्ण स्थान छ अनि जब सम्म मानिस रहनेछ तब सम्म क्गाना को स्थान महत्त्वपूर्ण रहि रहने छ .....

कुनै बेला थियो खाना मा मिठो मिठो अनि मन पर्ने क्गानाको परिकार बिना खाना क्गानु मन लाग्दैन थियो तर यो जिन्दगी ले यसरी सिकायो कि आज " अन्न " मात्र होस त्यो मिठो नहोस या त जत्ती सुकै नमिठो खाना होस म ढुक्क सङ खाइ खुशी हुन सक्छु ......
जुन कुरा जिन्दगी मा सिक्ने मौका पाएको छु .....

जिन्दगी मा खाली खोल्ती भोको पेट र गलत सम्बन्ध ले धेरै कुरा सिकाउछ भन्ने कतै पढ्न पाएको थिए तर यो मेरो नितान्त ब्यक्तिगत जीवन मा भोगाइ नै छ ....

यथार्थमा मेरो जीवन मा क्गाली खल्ती भोको पेट र गलत सम्बन्ध को अर्थ पुर्ण महत्व रहेको छ ....... जिन्दगी मा धेरै खुशी छु कि सिक्ने मौका पाए !

कुनै बेला त्यो समय थियो नमिठो खाना हुदा थाल सम्म फ्याक्ने बानी थियो र क्गाना को न कदर थियो न त कुनै महत्त्व नै तर जुन दिन भोक भोकै बस्नु पर्ने दिन आयो त्यो पनि परदेश को ठाँउ मा .....

सम्झदा पनि दुख लाग्छ अनि आफै ले आफै लाई निच तुच्छ ब्यक्ती लाग्छ .....

त्यो दिन आउनु को कारक पनि म आफै थिए तसर्थ त मैले भोग्नु पर्यो । कर्म अनुसार नै फल भोग्नु पर्छ जो म आफै ले भोगी सकेको छु तसर्थ न मन न दिमाग मा नै आत्म ग्लानी रहेको छ ......

दुख पनि यति सम्म लाग्छ कि जाबो एक छाक खान को लागि साथी को सहयोगमा क्गानु पर्थ्यो भने कहिले काहीँ रक्सी खुवाइ एक च्गाक क्गान क्गानु पर्ने देखि झुठो नबोल्ने नै हो भने साथी रुम मा नहुदा एक हिसाब ले चोरी सम्म गरेर खान खानु परेको दु:खद दिन सम्म भोग्न परेको थियो ......

जिन्दगी मा हिजो ले जे सिकायो आज त्यही नै सिक्दै स्वीकार गर्सै छु र त आज म आफै मा आफै खुशी हुन संतुष्ट हुन सिक्दै छु ......

हिजो एक छाक खाना को लागि के कत्ती सम्म हुन पुग्यो त्यो आफ्नो ठाँउ मा छदै छ अनि कत्ती दिन रात भोक भोकै बस्नु पर्यो त्यो आफ्नो ठाँउ मा छ जस्को कारम आज एक दम खुशी छु आनंद छु अनि सन्तुष्ट छु ........

24 May 2021

नितान्त ब्यक्तिगत बिचार: मैले आज सम्म चुनाबमा किन भोट हालिन ?



यो मेरो नितान्त ब्यक्तिगत बुझाइ भोगाइ र सोचाइ मात्र हो .....

म एक जिम्मेवारी आम योग्य नेपाली जो नेपाल को कानुन अनुसार सरकारि अर्धसरकारि काम र कर्तव्य मा आवद्ध हुन सक्छु ....

नेपाल मा एक योग्य नागरिक ले आफू खुसी हरेक चुनाब मा भोट अर्थात मतदान गर्न पाउछ जुन एक अधिकार कै दायरा भित्र पर्न जान्छ तर मैले आज सम्म किन कुनै पनि पार्टी लाई भोट हाल्न आफ्नो अधिकार प्रयोग गरिन त ?

म आफ्नो अधिकार प्रयोग गरेर भोट हाल्दै आफ्नो सिद्धान्त र मत मिल्ने पार्टी र ब्यक्ती लाई भोट हाल्नु पर्ने हो तर मैले आज सम्म पनि भोट अर्थात मतदान प्रयोग गर्न सकिन .....

१. जब देखि म जान्ने बुज्ने भए तब देखि न मैले एक असल सचेत सत्य र सिद्धांतवादी नेता न त पार्टी नै पाउन सके न कुनै पार्टी सङ नजिक नै हुन पाए तसर्थ मैले भोट हाल्ने कल्पना सम्म पनि गरेको छैन ।
जुन बेला देखि मैले यो राजनीति बुज्ने कोसिस गरे तब देखि कुनै पनि पार्टी अनि ब्यक्ती को अटल र निस्वार्थ सिद्धान्त न पाउन सके न बुज्न नै सके .......

२. जत्ती पनि पद अनि काम कर्तव्य मा पुगेको ब्यक्ती र पार्टी को काम योजना र प्रतिफल देख्न पाए कुनै पनि ब्यक्ति र पार्टी को न काम न योजना न त प्रतिफल देखि नै खुशी हुन सके .....

कुनै पनि पार्टी र ब्यक्ती पद मा पुगे पछि उक्त पद ले पाएको काम र कर्तव्य त जिम्मेवारी अनि कार्य नै हो भन्ने बुझाइ अनुसार उक्त कार्य शैली त सामान्यतया हर कोहि ले गर्नु पर्ने नै हुदा कुनै पनि केन्द्रीय र स्थानीय तबर को बिशेष कार्य नपाउदा यो राजनीति प्रती मन नै गएको छैन ।

३. म एक ब्यक्ति को एक भोट पक्कै पनि अहम भुमिका होला तर जुन प्रकार र तरिका मा चुनाबी माहोल र परिस्थिती उत्पन्न अनि सृजित हुन्छ त्यो पटक्कै मन पर्दैन .....

जुन तरिका मा पैसा को चलखेल देखि गुण्डा गर्दी अनि जनता को बिश्वास र हक अधिकार प्रती खेल वाद हुँदै पद र अधिकार को दुरुपयोग हुन जान्छ त्यो नै मन पर्दैन .....

मलाइ थाहा छ ! मैले आफ्नो अधिकार प्रयोग गर्नु पर्छ तर पनि म मतदान परिचयपत्र हुदा हुदा र योग्य नागरिक हुदा पनि चुनाब मा मतदान गर्ने न कुनै ब्यक्ति भेट्न् पुगेको छु न कुन्सी पार्टी ......

धन्यवाद