Showing posts with label आत्मकथा. Show all posts
Showing posts with label आत्मकथा. Show all posts

24 May 2021

आत्माकथा : पहिलो स्कुल अनि कक्षा एक को याद

मलाइ अझै पनि त्यो याद ताजा नै छ जुन मेरो पहिलो स्कुल श्री ताल बराही माध्यमिक बिध्यालय मा एक कक्षा मा भर्ना भएर फेरि त्यो स्कुल छोडेर लामाचौर मा श्री इन्द्र राज्य बिध्यालय मा पढ्न गएको ......

म सानै थिए, जम्मा १ देखि १ बर्ष ६ महिना हुन पर्छ मलाइ अध्यन का लागि श्री ताल बराही स्कुल मा कक्षा एक मा भर्ना हुन पुगेको थिए तर मलाइ अझै सम्म पनि याद छैन म कुनै दिन कक्षा कोठा मा गएर अध्यन गरेको....

सायद मेरो उमेर अनि मस्तिष्क मा त्यो चाप अनि स्मरण रहन सकेन होला ......

मलाइ यति मात्र थाहा छ कि घर बाट स्कुल जान् हिडेको म सधै बाँस घारी को धुलो माटो मा गाडीहरू बनाइ ढुंगाको अनि बाटो हरु बनाइ दिन भर धुलो र माटो मा खेल्दै साझ स्कुल छुट्टी पछि अरु सङ सङ सङै घर् आउने गरेको अझै ताजा याद छ .....

मेरो प्रायः हरेक दिन घर बाट स्कुल जाने भन्दै उहीँ बाँस को थान रहेको ठाँउ मा गएर दिन भर आफ्नै पारा मा खेल्दै स्कुल बाट आउने अरु सङ सङ सङै घर् आउने क्रम हुदा हुदा म लामाचौर स्कुल पढ्न अनि मामा घर बस्न पुगेको थिए .......

जहाँ म खेल्ने बाँस को ठाँउ थियो त्यो ठाँउ आज लेक साइड को हाल को होटेल बोधी सुइट्स पछाडी रहेको छ जहाँ कुनै बेला मा बाँस को झ्याङ नै झ्याङ थियो तर आज सम्झना मा मात्र बाकी रहन गयो .........

06 May 2021

आत्मकथा: स्कुल जीवन

जिन्दगी को सबै भन्दा तनाब रहित र आनन्द को जीवन को अङ भन्नू नै हरेक ब्यक्ती को स्कुले जीवन नै होला सायद .......

मलाइ अझैन्पनी स्पष्ट याद छ, म पहिलो मेरो स्कुल को यात्रा श्री ताल बराही माध्यमिक बिध्यालय बाट सुरु भए पनि मैले कक्षा १ मात्र भर्ना भएर स्कुल जान लाई सधै झगडा मात्र गर्ने अनि स्कुल जान्छु भन्दै बाटो मा खेल्दै बसेको अझै याद छ अनि म मामा घर लामाचौर मा पढ्न बस्न गए.........

मैले मेरो स्कुले जीवन श्री इन्द्र राज्य माध्यमिक बिद्यालय, लामाचौर देखि सुरुवात गरेर नै जिन्दगी मा अध्ययन को थालनी गरेको हो.....
ब्यक्तिगत रुप मा पढाई मा म सधै नै अब्बल अनि बुद्धीमानि नै थिए .....

लामाचौर मा मेरो पढाई सङ सङै सामान्य खेलमा पौडी मा अनि बालापन को जीवन सङ सङै अगाडी जाँदै गर्दा हजुर आमा को देहान्त सङ सङै म फेरि आफ्नै जन्मेको स्थान बैदाम मा आइ पढ्न सुरु गर्दै अध्यन लाई निरन्तरता दिएको थिए.....

श्री ताल बराही स्कुल मा कक्षा ८ देखि १० सम्म अध्यन गर्दै कलेज को अध्यन मा अगाडी जाने मौका पाएको थिए .....

पधाइ र अन्य क्रियाकलाप मा म सधै नै अगादी नै थिए..... स्कुल मा अग्रेजी देखि बिज्ञान सम्म मेरो पधाइ अब्बल नै थियो तर म्याथ ( गणितमा ) सधै म पछाडी को पछाडी नै रहन बाध्य भए .....

स्कुल जीवन मा हाजिरी जवाफ, चित्रलेखा , चित्र कला, खेल कुद देखि सबै कुरा मा म अब्बल नै थिए ........

आत्मकथा: बालपन को जिबन

मेरो जन्म पछि जीवन सुख सुबिधा मा बित्दै गयो ....

मेरो जन्म लेक साइड-६, बैदाम, पोखरा उपमहानगर पालिका मा भए पनि मावली हजुर आमा को माया प्रेम र जेठि छोरी आमा को पहिलो सन्तान को माया र सम्बन्ध को कारण मेरो अध्यन अनि पालन पोषण जन्मे को १ बर्ष  ६ महिना पछि पोखरा उप महानगर पालिका, लामाचौर -१६, पोखरा, नेपाल मा हुन गयो ।

मावाली हजुर आमा को अथाह माया प्रेम को पारिवारिक अबस्था मा मेरो जीवन को हरेक पाइला हरु अगाडि जाँदै थियो तर दैब को लिला हजुर आमा को मृत्युु पछि म आफ्नै घर मा आएर अध्यन गर्दै बस्न पुगेको थिए .......

मेरो बालक काल धेरै सामान्यतया नै बितेको अनुभव रहेको छ ....

केटा केटी मा गुच्छा खेल्ने, लड्डु खेल्ने, मोजा को बल बनाइ खेल्ने, फिल्म को तास खेल्ने, कमिक्स हरु पढ्ने अनि खोला नाला मा नुहाउन जाने जस्ता अति सामान्यतया रुप मा हुर्कदै अध्यन पनि सङ सङै जाँदै यो जीवन को बालक काल बितेको स्मृति अझै याद छ .....

आत्मकथा : मेरो जन्म अनि बालक काल

यस धर्ती मा हरेक मानिस हरु कुनै न कुनै कारण जन्म लिने गर्दछन अनि आफ्नो जन्म को अर्थ अनि सार्थक पुर्ण गरेर यस सन्सार लाई त्याग गर्नु नै मानव जीवन को सार्थकता हो भन्ने जुन एक सोच अनि दर्शन छ सायद त्यो भनाइ कहि कतै मनन गर्न पर्ने पो हुन आउँछ कि ?

म पनि यस धर्ती मा बिक्रम सम्बत २०३८ साल फाल्गुन महिना को १४ गते बा कर्ण बहादुर नेपाली र आमा रत्न कुमारी नेपाली को कोख बाट हाल को लेक साइड -६, उपमहानगर पालिका, बैदाम, पोखरा मा जन्म भएको थियो ।

जन्म पछी मानव को जीवन को सुरुवात काल हुनु नै प्रक्रियामा दुख सुख सब मिश्रित जीवन को सुभारम्भ हुँदै जानू नै जीवन रहेछ .......