Showing posts with label Alcohol. Show all posts
Showing posts with label Alcohol. Show all posts

26 January 2020

समश्या दुर गर्ने भ्रम र रक्सी .....

सामान्यतया हामी रक्सी सेवन गर्छौ किन ? समश्या , पिर , चिन्ता अनि दुख भुलाउन कि त हराउन तर यो सब एक भ्रम मात्र हो किन कि रक्सी ले कुनै पनि समश्या हताउदैन न त भुलाउछ ! बस एउटा् भ्रम मात्र हो ........

सामान्यतया रक्सी किन सेवन गर्छौ ? केही भ्रम हरु ;

१. समश्या भुलाउन : 
हामिलाइ थाहा छ कि रक्सी सेवन ले झन समश्या माथी समश्या थपिन्छ तर पनि हामी छनिक को लागि रक्सी सेवन गरेर समश्या भुलाउन खोज्छौ तर बास्तब मा समश्या जहाँ को तेहि हुन्छ झन अन्य समश्या हरु थपिन्छ तर हामी भ्रम मा हुन्छौ कि समश्या भुल्योउ भनी .... रक्सी सेवन ले झन आर्थिक हानी , स्वास्थ्मा हानी र पुरानो समश्या लाई झन जटिल बनाउने गर्दछ ।

२. तनाब हताउन :
हामी कति सम्म भ्रम मा रक्सी सेवन गर्छौ कि कुनै तनाब उत्पन्न हुदा पनि हामी रक्सी सेवन गर्छौ र भ्रम मा जिउछौ कि रक्सी ले तनाब हराउछ तर बास्तब मा रक्सी सेवन ले तनाब झन सृजना गर्छ किन कि रक्सी सेवन ले झन रिसाउने , झन्किने , चिद चिद पन हुने अनि मस्तिष्क झन खल्बलाउने जस्ता अनेक तनाब सृजना गर्दछ ।

३. खराब सम्बन्ध हराउने :

सामान्यतया झै झगदा कस्को हुदैन ? तर हामी श्रीमान श्रीमती अनि अन्य झै झगदा भय मा रक्सी लाई नै आफ्नु सहारा बनाउने गर्द्छौ जुन कदापी सहि मार्ग हैन तर हामी भ्रम मा हुन्छौ कि रक्सी ले सबै सम्बन्ध मिलाउने छ तर रक्सी मात्र यो कारन हो जस्ले गर्दा झन खराब सम्बन्ध झन झन खराब हुन्छ तसर्थ समज्दारी नै रक्सी सेवन भन्दा ठुलो हो ।

४. प्रिय् जन को मिर्त्यु :
हामी कति सम्म मूर्ख छौ कि कसैको मिर्त्यु लाई हामी आफ्नु रक्सी सेवन को कारक बनाइ झन रक्सी सेवन गर्दछौ जब कि यो बुज्दैनौ मानव को मिर्त्यु त सत्य हो तर हामी भ्रम मा जिउछौ कि कसैको मिर्त्यु नै हाम्रो रक्सी सेवन को कारन बनाइ बस्छौ ।

५. निराशा अनि असफलता :

को मानिस निरास छैन होला ? को मानिस असफलता छैन होला ? तर हामी आफ्नु निरासा र असफल्ता लुकाउन रक्सी सेवन गर्छौ अनि जिन्दगी लाई झन झन असफलता र निराशा मात्र हैन झन बैराग र कुरुप बनाउछौ ।

अन्त मा , रक्सी सेवन कुनै पनि हालत मा कुनै पनि समश्या को तनाब को र पिर चिन्ता को समाधान हुँदै होइन बस ! हामी आफू मा रहेको एक रोग " नशा सेवन प्रती को रोग " को कारन झन नशा प्रती झुकाब मात्र गर्छौ अनि यो भ्रम मा जिउछौ कि रक्सी सेवन मात्र येस्तो हो ।