Showing posts with label ब्यक्तिगत भोगाइ. Show all posts
Showing posts with label ब्यक्तिगत भोगाइ. Show all posts

15 June 2021

ब्यक्तिगत भोगाइ र सोचाइ: दुबई को जेल को अनुभुति १



भनिन्छ नि, जिन्दगी मा जन्म लिए पछि हरेक कुरा हरु को भोगाइ सहनु पर्छ .... कुनै सोच! कुनै भोगाइ र कुनै घटना न कल्पना सम्म गरिएको हुदैन तर भोग्नु पर्दो रहेछ, जीवन मा कुनै दिन म दुबई को जेल को यात्रा भोगाइ र जीवन जिउन बाध्य भएको थिए जुन मेरो लागि नया अनुभव थियो ......

मानिस् को जात कुनै घटना कल्पना सम्म गर्न डराउने गर्छ तर जन उक्त घटना आफ्नो जिन्दगी मा प्रत्यक्ष पर्दै आखा अगाडी नै भोग्न देख्न र हेर्न पर्छ अनि मानिस को त्यो डर त्रास र भए हराउदो रहेछ ......

म के कसरी दुबई को जेल मा पुग्न गए त्यो सायद मेरो लागि कुनै अनौठो कुरा होइन अनि कस्को कारण म दुबई को जेल मा पुग्न सके र कसरी म दुबई को जेल मा गए त्यो मेरो लागि कुनै अर्थ राख्दैन .....

जे होस जो जस्को कारण भए पनि म दुबई को जेल सम्म पुग्न सहयोग गरिदिने ती पात्र हरु प्रती कुनै शब्द खर्च नगरी यति मात्र लेख्न मन लाग्छ कि, जीवन मा सुख नै सुख र मौज मस्ती मा हुर्केको म यदि ती पात्र हरु को सहयोग नभएको भए सायद म आज को म हुन सक्ने पक्कै थिएन ........ धन्यवाद !

त्यो दिन मलाइ याद छ .......

म कसरी दुबई को जेल सम्म पुग्न गए .... 
म घमण्ड थिए अनि रोगी त्यो पनि मानसिक रोगी थिए सो म दुबई को जेल मा आबु धाबी देखि दुबई सम्म यात्रा गर्न सफल भए जुन मेरो सम्पुर्ण जिन्दगी को परिबर्तन को सुत्रपात थियो ....

आजिबन मलाइ त्यो पात्र त्यो घटना र त्यो अतीत को याद गर्नु छैन बस! म दुबको सबै भन्दा ठुलो जेल जहाँ पुरै दुबई को अपराधी हरु राख्ने गरिन्छ त्यो जेल मा पनि जाने मौका पाए जुन मेरो लागि एउटा् अनुभव र जिन्दगी को शिक्षा थियो .....

त्यो दिन सोचेको थिए सायद म अब नेपाल जान पाउदिन ....
त्यो दिन सोचेको थिए सायद म अब यहि मर्छु .....
त्यो दिन मैले केवल मृत्युु र मृत्यु बाहेक केही सोच्न सकेको थिएन .....

जब आबु धाबी देखि दुबई को जेल मा लगियो त्यो दिन मेरो जिन्दगी को एक दम नया यात्रा थियो .......
दुबई को जेल सेन्टर जेल जहाँ एउटा् ठुलो १०० जना सम्म बस्न मिल्ने ठुलो हल अनि दुई तला को खाट फलाम को हरेक देश को ब्यक्ती हरु रहेको एउटा् जेल.....

जेल भित्र स्थानीय थुलो ब्यक्ती नै हाकिम अनि मुखिया जो जेल बसेर पनि सुख नै सुख पाउन सफल जस्को ४-५ जना नोकर देखि मिठो मिठो खाना जुस अनि सब कुरा प्राप्त गर्न सफल ब्यक्ती सो उसकै आदेश मा जेल को हैकम चल्ने थियो .....

जेल मा पनि बहिरी कपडा लगाउन पाउदैन थियो सो जेल को आफ्नै कपडा थियो सो खतरनाक कैदी लाई रातो बेल्ट भएको कपडा , हत्या बलात्कार को कैदी लाई पहेलो बेल्ट को कपडा र सामान्य केस को कैदी लाई हरियो बेल्ट भएको कपडा तर सबै को कपडा पुरै सेतो हुने थियो ।  नेपाल मा ताइगन्टु खेल्ने तरिका को सेतो कपड़ा तर बेल्ट मात्र फरक हुने थियो ......

डबल बेड हुदा जेल को मुखिया ले देश हेरेर एकै देश को कैदी ब्यक्ती हरु लाई एउटा् एरिया मा राख्ने गरेको थियो जसमा लोकल कैदी एउटा एरिया मा अनि नेपाली बङाली पाकिस्तानी फिलिपिन्स को ब्यक्ती हरु एकै ठाँउ मा हुने थियो .....

बिहान ७ बजे सधै चिया रोटी पाउरोटी जस्ता नास्ता दिने थियो जसलाइ दूध चिया कालो चिया मन पर्छ उसतै चिया पिउन पाउने अनि नास्ता लिन पाउने ब्यबस्थापन थियो .....

खाना मा १२ बजे दिन दिनै फरक फरक खाना को ब्यबस्थापन थियो भने खाजा को लागि ४ बजे र राती खाना को लागि ७ बजे नै तयारी हुने थियो ......

सधै खाना को लागि लाइन मा बस्नी पर्ने हुदा जो अगाडी पुग्यो पुग्यो अनि आफ्नो खाना खाइ फेरि बेड मै गयो सुत्यो बस्यो तास खेल्यो गफ गर्दै बस्यो .......

दुबई को जेल मा दैनिकी खै के भन्नू?

बिशेष न केही थियो न हुन्छ ! बस उठे पछि एक्लै टोलाउने बिहान को दिन को रात को खाना कुर्ने बस्ने अनि दुबई को जेल बाट अदालतले कहिले बोलाउछ भन्दै हात मा पुलिस ले दिएको पत्र लिदै आफ्नो नाम कहिले आउँछ भन्दै बस्नु बाहेक कुनै काम हुदैन ......

दुबई मा जेल परे पछि पुलिस ले अदालत को पत्र् दिन्छ अनि अदालत ले बोलाइ जे फैसाला गर्छ त्यो नै अन्तिम फैसला हुने गर्छ .......

09 June 2021

ब्यक्तिगत भोगाइ: मस्जिद अनि मेरो सम्बन्ध

दुबई को त्यो गर्मी अनि म जो एक घमण्ड र पागलपन को भ्रमित सिकार .... कुनै दिन म यति निच लाग्छ कि आज को दिन सम्झदा पनि आफू ले आफै लाई जिन्दगी बिगार्न आफै ले आफै लाई नै साथ दिएको जस्तो लाग्छ अनि त्यो सबै कारण म मात्र छु जस्तो अनुभूत हुन्छ अनि मन ग्लानी ले भरिन पुग्छ तर पनि जिन्दगी हो जिउनु पर्ने हुन्छ र हासी खुसी नै जिउनु पो पर्छ .......

कुनै दिन भ्रम को सम्बन्ध जोगाउन अनि आफ्नो घमण्ड लाई देखाउन जुन गल्ती गरेको थिए त्यो नै आज सम्म बलियो अनि असल बनाउने एउटा् राम्रो शिक्षा बन्न पुगेको हुदा आफू लाई गर्व गर्न सक्ने भएको छु ......

मेरो जिन्दगी मा कुनै दिन दुबई को मस्जिद मा रात दिन सम्म कट्ने गरेको ती दिन हरु सम्झी आउदा आज हासो लाग्छ अनि दुख पनि लाग्छ आखिर यो सब भ्रम को जिन्दगी र सम्बन्ध थियो तर पनि किन ती दिन हरु भोग्नु पर्यो त ? पक्कै पनि मेरो आफ्नो कारण अनि अबुज को कारण नै त हो .....

सत्य स्विकार गर्नु पर्छ ......
बरु ढिलो होस सत्य स्वीकार गर्नै पर्छ ......

ती दिन हरु मलाइ अझै पनि प्रष्ट याद छ कि दिन भर घमण्ड को पछि र रात भर मस्जिद मा फेरि भोलि हुने आशा मा बसेको थिए .....

खुशी लाग्छ ! एक मानिस ले पाउनु पर्ने ती सब दुख सुख पाउन सफल भएको मा .......

02 June 2021

ब्यक्तिगत भोगाइ: २०७८ जेष्ठ १९ गते



सनिबार दिन थियो ....

बिहान मर्निङ सो फिल्म हेर्न जाने प्लान थियो सो म बिहान ६ बजे उठेर तयार हुँदै थिए हतार हतार मा .... अनि म ब्रश गर्दै सदा झै मुख धुन चौतरा को धारा मा गएको थिए.....

आज को होटेल मिरा को अगाडिको चौतरा जहाँ कुनै बेला धारा पनि थियो .....जहाँ म सधै मुख धुन अनि नुहाउन देखि पानी भर्न सम्म जाने गरेको थिए ।

एक् दुई जना दाइ हरु राजा लाई मार्यो रे भन्दै गफ गर्दै थिए अनि यता उता दोकान मा टिभी हेर्दै जादा सबै टिभी मा राष्ट्रिय धुन कि शोक धुन मात्र बज्दै थियो भने कुनै पनि टिभी रेडियो ठप्प बन्द नै थियो .....

घर मा आइ टिभी खोल्दै हेर्दा पनि कुनै समाचार थिएन .....

म आफै अचम्मित थिए र सबै को अडकल अनि सन्का मा मात्र कुरा हुँदै थियो .....

कोहि भन्दै थिए ,
ईन्डिया ले मारेको होला .....
बिदेशी ले मारेको होला .....
माओवादी ले मारेको होला .....
यस्तै यस्तै अनेकौ अडकल मै बित्दै थियो तर आकस्मिक रुप मा आज तक ईन्डिया को समाचार टिभी मा नेपाल कै राजा का छोरा दिपेन्द्र शाह ले नै यो सब राज दर्बार हत्या कान्ड गरेको भन्दै बिशेष समाचार प्रशारण गर्दै थियो ...

त्यो दिन म न फिल्म हेर्न गए न कुनै अन्य काम मा....

बराही चोक दोकान मा गएर एक जना दाइ को गुरुङ मम रेस्टुरेन्टमा दिन भर समाचार हेर्दै बस्दै दिन गयो .....

आज पनि त्यो दिन मलाइ याद छ ......

हार्दिक श्रद्धाञ्जली सम्पुर्ण राज परिवार प्रती ....