डढेलो जस्तै लाग्दै छ हेर मृत्यु मानिस को यहा
जन्ती जस्तै जाँदै छ हेर लास मानिस को यहाँ
कस्को के दोष थियो र खै मर्दै छौ हामि पल पल मा
जस्को दोष रहे पनि खै किन मर्दै मर्दै छौ यो जुनि मा
लग्दै छ आफन्त पुछ्दै छ चेलिको सिउदो बेला न कुबेला
बुज्दैन किन काल ले जिउनु छ अझै जीवन अघाउन्जेल
बालकै मा टुहुरो हुनु पर्ने अनाहक मै ज्यान फाल्दै मर्नु पर्ने
खै कस्को आन्खा लाग्यो आफ्न्त को मलामी पनि जान नपाउने
मृत्युु त सुन्दर हुन्छ भन्दै थिए खै किन यति कठोर हुँदै गयो
जीवन भन्दा त हाम्रो मृत्यु नै कष्ट को कल्पना पो हुन पुग्यो
शब्द: बिमल राज निस्चल
मिति: २०७८-०२०१