16 May 2021

नितान्त ब्यक्तिगत बिचार: डाक्टर गोबिन्द के सि



नितान्त ब्यक्तिगत बिचार:

एक आम नागरिक नेपाली भएर् सोच्दा लाग्छ .....

बास्तब मा इमान्दार सत्य अनि बास्तबिक्ता को त यो सन्सार मा कुनै अर्थ नै छैन अनि इमान्दार सत्य र बास्तबिकता बस! भित्ता को फोटो मा मात्र सिमित छ ......

यो नेपाल नै हो जहाँ फटाह चोर घुसपैठ घुस्याहा भ्रस्टाचार गर्ने अनि आफ्नै ले आफ्नै लाई मार्नेहरु मात्र आज सम्पन्न धनी समाज सेवि र असल ब्यक्ती हरु को पंक्ति मा छन .....

बिश्वास गरौ नगरौ ! आज भोलि इमान्दार अनि सत्य ब्यक्ती को भाग्य मा दुई छाक खाना अनि सानो बाँस मात्र छ अनि जो भ्रस्टाचार घुसपैठ घुस्याहा र चोरी मा लिप्त छन जो आफ्नै दाजु भाइ बाउ आमा मार्दै छन तिनी हरु मात्र धनी सम्पन्न अनि असल ब्यक्ती हुन .....

एक जना ब्यक्ती जो डाक्टर भएर पनि देस र जनता को हक हित र स्वास्थ्य कोम्लागी कयौं पटक अन्सन देखि आन्दोलन गर्दै सडकको किनारा मा चिच्याइ रहयो उस्को न आवाज सुनियो न उस्को कुरा नै .....

लेखेर राख्नु होस ........
जुन दिन डाक्टर गोबिन्द के सि को मृत्यु हुने छ त्यो दिन सारा जनता देखि राज्यको एक एक ब्यक्ती को आन्खा बाट गोहि को आँसु आउने छ अनि विशाल तस्बिर को ब्यापार हुने छ .....

कत्ती दुख लाग्छ कि ........
सारा डाक्टर हरु कमाउने धन्दा मा लाग्दा अनि गाउँ गाउँ बाट सहर फाटेको चप्पल मा सहर आइ गुन्दा गर्दी गर्दै राजनीति मा प्रबेस गरेर आज अर्बौ अर्बौ को सम्पती को मालिक हुदा एक सत्य वास्तविक आम नागरिक को न बाँस छ न कुनै अस्तित्व ....

अन्त्यमा .....
बास्तब मा हाम्रो नेपाल मा धनी सम्पन्न अनि समाज सेवि भनाउदा हरु प्राय चोर ठग घुस्याहा आफन्त लाई मारी मारी असल ब्यक्ती नै हुन भन्नू पर्दा कत्ती पनि गलत नहोला है ......

डाक्टर गोबिन्द के सि जस्ता असल महान ब्यक्ती को दुर्गति र अबस्था देख्दा कस्को मन पो नरोला र ?
धन्यवाद