म सानै थिए, जम्मा १ देखि १ बर्ष ६ महिना हुन पर्छ मलाइ अध्यन का लागि श्री ताल बराही स्कुल मा कक्षा एक मा भर्ना हुन पुगेको थिए तर मलाइ अझै सम्म पनि याद छैन म कुनै दिन कक्षा कोठा मा गएर अध्यन गरेको....
सायद मेरो उमेर अनि मस्तिष्क मा त्यो चाप अनि स्मरण रहन सकेन होला ......
मलाइ यति मात्र थाहा छ कि घर बाट स्कुल जान् हिडेको म सधै बाँस घारी को धुलो माटो मा गाडीहरू बनाइ ढुंगाको अनि बाटो हरु बनाइ दिन भर धुलो र माटो मा खेल्दै साझ स्कुल छुट्टी पछि अरु सङ सङ सङै घर् आउने गरेको अझै ताजा याद छ .....
मेरो प्रायः हरेक दिन घर बाट स्कुल जाने भन्दै उहीँ बाँस को थान रहेको ठाँउ मा गएर दिन भर आफ्नै पारा मा खेल्दै स्कुल बाट आउने अरु सङ सङ सङै घर् आउने क्रम हुदा हुदा म लामाचौर स्कुल पढ्न अनि मामा घर बस्न पुगेको थिए .......
जहाँ म खेल्ने बाँस को ठाँउ थियो त्यो ठाँउ आज लेक साइड को हाल को होटेल बोधी सुइट्स पछाडी रहेको छ जहाँ कुनै बेला मा बाँस को झ्याङ नै झ्याङ थियो तर आज सम्झना मा मात्र बाकी रहन गयो .........