12 May 2021

कविता : हेर! जल्दै छ .......


धुवाँको मुस्लो ले शहर को मौसम बदलिदै छ यहाँ
रोदनको कोलाहल ले बस्तीको माहोल कहालिदै छ यहाँ

मसान घाट्को रुप फेरियो लाग्दै छ लासै लास को थुप्रो छ
मानिस को मुर्दा शरीर होइन जल्दै जल्दै भुस को थुप्रो छ

जल्दै छ मानबता तर खै जल्दैन त्यो घमण्ड अनि अहन्कार
हेर! जल्दै छ लास को जन्ती खै कहाँ गयो सम्पती को अहंकार

विधि को खेल मानिस को मरण पनि खै कुकुर बिरालो झै भयो
हेर! जल्दै छ लास को थुप्रो पल पल यो मन कहालिदै नै गयो

न रोइ आउने क कराइ आउने हेर! जल्दै छ लास को लस्कर हरु
सत्य रैछ मृत्युु खै! कहाँ राक्छौ तिम्रा ती घमननी अहंकार हरु

हेर! जल्दै छ ......
लास को थुप्रो हरु .....

शब्द: बिमल राज निस्चल
मिति: २०७८-०१-२८