10 May 2021

नितान्त ब्यक्तिगत बिचार: जातीयता प्रेम र बिबाह


यो बिषय आफै मा जटिल र गम्भीर बिषय  रहेता पनि आज मन को कुरा लेख्नु मन लाग्यो ....

हाम्रो समाज अनि हाम्रो मानशिकता यति दयनिय र कुरुप रहेको छ कि मलाइ लाज लाग्छ हामी आज हात मा महङो आधुनिक प्रबिधि का मोबाईल हरु चलाउछौ र आधुनिक पहिरन गरेर बिदेशी शैली मा जिन्दगी जिउने प्रयास गरे पनि हामी अझै ढुंगाको युग मा छौ .....

मानिसको जन्म सङै कर्म कान्ड प्रेम बिबाह र अन्य विधि हरु परंरागत रुप मा चल्दै आएको छ अनि हाम्रो समाज चार जात छत्तिस बर्ण को एक साझा फुलवारि युगौ युग देखि चल्दैछ तर पनि हाम्रो समाज मा भित्री रुप मा कुरुपता को प्रकास्ठ नाग्दै हत्या बलात्कार देखि जघन्य अपराध को जालो मा जकडिएको देख्न सुन्न पाइन्छ .....

नेपाल मा सबै भन्दा धेरै अपराध हुने बिषय नै " जातीयता को मुद्धा " रहेको देख्न भोग्न सकिन्छ .....

हाम्रो समाज मा विभिन्न जातीयता को साझा बस्ती हुदा युवा अबस्था मा आकर्षण प्रेम र बिबाह हुनु मानबिय हिसाब मा कुनै नौलो कुरा होइन तर जातीयता को प्रश्न उठाइ जघन्य अपराध गर्नु कत्ती सम्म को जघन्य अपराध होला ? 

यदि जातीयता कै मुद्दा  नै बिबाह पछि र प्रेम पछी कारण ब्स्न्न जान्छ भने प्रेम र बिबाह पुर्ब किन ध्यान नदिने ? युवा अबस्था को लहै लहै मा आकर्षक रहि प्रेम अनि बिबाह गरेर कतिपय सम्बन्ध हरु छुट्टाछुट्टै हुनु मा दोष कस्लाइ दिनु ? 

आकर्को अबस्था पार हुँदै प्रेम को चरण मा शारिरिक सुख भोग प्राप्त गरेर जिन्दगी बिताउने कसम सङै बिबाह गरेको केही महिना मा त तल्लो जात म माथिल्लो जात भन्दै सम्बन्ध लाई मजाक बनाउने अपराधी कि अनैतिकता को चरम उपहास? आखिर दोषी को ?

आखिर मानव किन पसु समान हुन आउँछ जातीयता को कुरा मा ? 

अन्त्यमा ,
यो तल्लो जात र माथिल्लो जात छुट्टाउने कानुनु सामाजिक र बैचारिक सिद्धांत के होला ?

कृपया ! जवाफ भए दिनु होला साथीहरू ......

धन्यवाद