जब सम्म हर एक जन जनता आफै मा सजक जागरुक र सचेत हुदैनन तब सम्म कोरोना ले बिस्तार हुन रोक्ने वाला छैन ......
कोरोना को कहर र भयानक रुप बिश्व का बिकाशिल र सम्रुद्ध देश हरु ले भोगेर हार मानी सकेको अबस्था हामी नेपाली सामु छर्लङ्ग छ अनि अब पनि नबुजे कहिले बुज्ने हो र?
अस्ति को दिन एक दुई जना संक्रमण ब्यक्ती भेट्न् पुग्दा हिजो त्यो संख्या हुवात्तै बढी आज त्यो सन्ख्या सय को हाराहारी मा छ त्यो पनि तराइ पहाड हुँदै पुरै नेपाल अधिराज्य भर अनि अब पनि नबुझी कहिले बुझ्ने ?
१. कोरोना सङ बिश्व का सम्पन्न र समृद्धि अनि अति बिकासशिल देश हरु तहस नहस हुँदै हाम्रो आन्खा अगाडी लास को थुप्प्रो माथी थुप्प्रो देख्ने हामी छौ अनि हामी किन इन्कार गर्दै कोरोना प्रती सजग हुन सकेका छैनौ ? के हामी मा तेत्ती आत्म बिश्वास र शक्ति छ कि कोरोना लाई पराजित गर्न सक्छौ ?
२. दुनियाँ को तस्बिर छर्लङ्ग हुदा हुदा हामी नेपाली दैनिकी जीवन गुजारा को लागि र घर मा बस्दा बस्दा को दिक्दारी हटाउन को लागि कोरोना प्रती किन लापरबाही गर्दै छौ ?
३. मरण ले न स्थान न थन त जात भात धनी गरिब भन्दैन भन्ने कुन दिन बुज्ने गर्छौ ? पहाडमा संक्रमण देखिए तराइ र तराइ मा संक्रमण देखिए हिमाल किन गर्नु? ढुक्क ले आनन्द ले घर मै बसि आधारभुत कुरा हरु पालना गरे मा न तराइ न पहाड न त हिमाल नै भाग्नु पर्छ होइन र ?
४. धन सम्पती र परिवार को जिन्दगी मा अति महत्त्वपूर्ण स्थान छ तर सा सानो कुरा हरु मा आफ्नो लापरबाही देखाउदै किन कोरोना प्रती लापरबाही गर्नु? आज एक छाक को लागि र एक सय को लागि कोरोना प्रती लापरबाही गर्दा भोलि को दिन हाम्रो लास छुन पनि नपाइ एक बेबारिसे लास बन्दै सन्सार देखि बिदा हुनु छ र ?
५. बुज्नु पर्ने अन्तिम कुरा :
आज हामी आफ्नो परिवार र आफन्त को सुरक्षा गर्न सके पो भोलि दुख सुख गरेर भए पनि जिउन सकिन्छ अनि भोलि को लागि के नै सोच्नु छ र? यदि भोलि हामी कुसल स्वास्थ्य रहे त्यो पैसा परिवार र सम्बन्धित कुरा हरु हाम्रो जिन्दगी मा प्रस्प्त गर्न पक्कै सकिन्छ होइन र?
तसर्थ मन लाई भोलि कि दर्दनाक कोरोना को चपेटामा राखी आज एक छाक भात एक सय रुपैया र एक भोग बिलाशिता को कारक बन्दै कुकुर को मरण हुनु भन्दा त घर मै बसि आफू लगायत आफ्नो ब्यक्ती परिवार हरु को स्वास्थ्य सुरक्षा गर्नु नै प्रमुख दाहित्व हो ......
कृपया ! घर मै बसि आफू लगायत आफ्नो ब्यक्ती हरु को स्वास्थ्य सुरक्षा गरौ !
धन्यवाद