05 May 2020

कबिता: आखिर म नेपाली हो नि ....


देश हाक्छु भन्ने हरु सत्ता को लागि युद्ध गर्दै छन
गरिब जनता हरु साझ बिहान के खाउ सोच्दै छन
खल्ती भरी नोट हुने हरु नोट कै ब्यापार गर्दै छन
पद मा हुने हरु पद कै शक्ति देखाइ हिन्डै छन 
आखिर म नेपाली हो नि .......

समाज सेवि को घर को चुलो मा बासमति पाक्दै छ
राहत दिने को झोला भरी रुपैयाले ठेल्दै बस्दै छ
सुरक्षागार्ड स्वास्थ कर्मी लाई न भोक न निद नै छ
सत्तामा हुने लाई सत्ता बचाउनु कै पिर को भारी छ
आखिर म नेपालु हो नि ........

कस्तो बुद्धि आयो कोरोना को यो कठिन बेला मा पनि
कोहि रुन्छन सिमाना मा त कोहि सात समुन्द्र पारी पनि
सुन्दैन देख्दैन अनि बुज्दैन मेरो हक को लागि चुनाब जित्ने ले पनि 
सक्दिन गर्न केही म आफै लक डाउन मा बन्दी सरि घरै मा बस्दा नि
आखिर म एक नेपाली हु नि .......

धन हुने कै जिन्दगी हो भने म किन धनी हुन सकिन होला 
सायद कात्रो मा मैले ब्यापार गर्न पो सक्दै सकिन होला 
जनता को नाउँमा लुट्ने हरु को बिच मा म किन छैन होला
सायद म भोको रहेर पनि अरु को भोक मार्न सकिन होला 
आखिर म नेपाली हो नि .........

शब्द: बिमल राज