न म कुनै ठुलो पर्यटन ब्यापारि न त बुद्धिजीवी नै तर पनि अहिले कोरोना को कहर ले जसरी बिश्व को समाजिक देखि अर्थतन्त्र लाई सिङ्गो रुप मा नाजुक अबस्थामा पुर्याउदै छ र नेपाल को कुरा गर्दा नेपाल को अर्थतन्त्र मा पर्यटन र पर्यटक व्यावसायिक को महत्त्वपूर्ण भुमिका छ तर हाल जुन रुप ले कोरोना भाइरस ले सिङ्गो देस नेपाल को सम्पुर्ण ठाँउ मा असर गर्दैछ ! त्यो पनि दीर्घकालीन असर गर्दै छ ........
नेपाल को शहर पोखरा जहाँ प्रमुख रुप मा पर्यटन र पर्यटक सम्बन्धी नै ब्यापार हुँदै अर्थतन्त्र मा महत्त्वपूर्ण भुमिका थियो तर अब लेक साइड को पर्यटन र पर्यटक ब्यापार जोखिममा रहेको प्रष्ट देखिन्छ ...........
आज कोरोना भाइरस को कहर र प्रकोप ले लेक साइड को प्रमुख व्यावसाय र ब्यापार चौपट्टै पारेर देश को अर्थतन्त्र मा नराम्रो सङ असर गरेको छर्लङ्ग देख्न सकिन्छ ........
लेक साइड को पर्यटन र पर्यटक व्यावसायिक अबस्था लाई फेरि गतिसिल बनाइ उहीँ टुरिष्ट हरु को चहलपहलमय लेक साइड बन्न कम्ती मा पनि २ बर्ष त ढुक्क ले लाग्ने नै देखिन्छ भने त्यो समय र अबस्था ले गर्दा आन्तरिक रुप मा लेक साइड को पर्यटन सम्बन्धी ब्यापारि हरु देखि पर्यटन कामदार हुँदै सामान्यतया जन जीवन नै नकारात्मक असर र प्रभाब पर्ने प्रष्ट देखिन्छ ।
कोरोना को कहर र प्रभाब मा पर्यटन ठाँउ लेक साइड मा पर्ने मुख्य नकारात्मक र आर्थिक असर हरु :
१. अन्तर्राष्ट्रिय विमान सेवा सन २०२० सम्म पुर्ण बन्द हुनु :
नेपाल को एक मात्र अन्तर्राष्ट्रिय हवाइ बिमानस्थल त्रिभुवन बिमानस्थल कोरोना को कारण र बिश्व मा कोरोना को प्रकोप का कारण अनिश्चित रुप मा सन २०२० सम्म संचालन नहुनु भन्नू को सिधा अर्थ नेपाल का पर्यटन स्थान मा टुरिष्ट हरु को आगमन बन्द हुनु हो तसर्थ लेक साइड र अन्यत्र पर्यटन सम्बन्धी व्यावसायिक र ब्यापारिक उद्योग हरु लाई आर्थिक रुप ले असर गर्नु नै हो ।
२. नेपाल् र ईन्डिया सिमाना बन्द हुनु :
जसरी कोरोना ले नेपाल लाई तहस नहस गर्दै छ त्यो भन्दा बिकराल र बिनासकारी रुप मा ईन्डिया को जन जीवन र आर्थिक अबस्थामा पनि असर गर्दै जादा जुन महिना मा ईन्डिया का पर्यटक हरु को आशा र भरोशा थियो त्यो पुर्ण रुप मा नकारात्मक हुँदै छ किन कि नेपाल् मा भन्दा ईन्डिया मा कोरोना को प्रकोप अत्यधिक हुदा ईन्डिया देखि ईन्डिया का पर्यटक हरु नेपाल घुम्न आउने त असम्भव नै छ भने ईन्डिया घुम्दै नेपाल लाई आफ्नो गन्तब्य स्थान बनाउने बिदेशी पर्यटक हरु को कसरी आशा गर्नु ?
कोरोना को प्रकोप र बिस्तारित अबस्था हेर्दा नेपाल र ईन्डिया को सिमाना खोल्नु आफै मा अत्यन्तै जोखिमपुर्ण त छदै छ त्यो भन्दा नि नेपाल को पर्यटक व्यावसायिक र ब्यापारिक अबस्था झन भयावह देखिन्छ किन कि नेपाल को टुरिष्ट सिजन नै कोरोना को कारण अबरुद्ध हुन पुगेको छ ।
३. कोरोना को कारण अस्तब्यस्त व्यावसायिक र ब्यापारिक लेक साइड:
बिश्वब्यापी रुप मा कोरोना को कहर ले बिश्व लाई तहस नहस बनाउनु र नेपाल मा पर्यटक बर्ष २०२० घोषणा गर्नु को समय का कारण देश का सम्पुर्ण पर्यटन र पर्यटक ब्यक्ती हरु ले आफ्नो सम्पुर्ण लगानी र आशा आफ्नो व्यावसायिक सस्था मा लगानी गर्नु र नेपाल पर्यटन बर्ष २०२० को योजना लाई कोरोना को आकस्मिक प्रकोप र कहर को कारण आर्थिक अबस्था नै नाजुक अबस्था मा पुग्न सकेको प्रष्ट देख्न सकिन्छ ।
जसरी नेपाल भ्रमण बर्ष २०२० को लागि सम्पुर्ण आफ्नो लगानी गरेर असल र उच्च ब्यापार को आशा मा बस्ने सम्पुर्ण ब्यापारिक ब्यक्ती हरु लाई आर्थिक रुप मा असर गर्ने त प्रष्ट देख्न सकिन्छ जस्को नकारात्मक पक्ष भन्नू नै प्रत्येक व्यावसायिक कम्पनी र ब्यक्ती हरु को ब्यापारिक संघ सस्था हरु मा आर्थिक मन्दी का साथ साथ नाजुक अबस्था आउने प्रष्ट देख्न सकिन्छ जस्को प्रभाव वरि परि को जन जीवन देखि उक्त ब्यक्ती को निजि जिन्दगी मा पनि पर्न सक्छ ।
यो नाजुक अबस्था का कारण ठुला र निजि संघ सस्था का केही होटेल रेस्टुरेन्ट र पर्यटन ब्यापार मा खासै फरक नपरे पनि मझौला र निम्न बर्ग का होटेल रेस्टुरेन्ट र पर्यटन ब्यापार हरु मा अत्यन्तै नाजुक देखि नकारात्मक असर पर्ने प्रष्ट बुज्न सकिन्छ ।
४. पर्यटन सम्बन्धी कामदार र परिवार हरु:
जसरी पर्यटन र पर्यटक व्यावसायिक उद्योग हरु र सन्चालक हरु को जिन्दगी मा आर्थिक अबस्था मन्द र नाजुक हुन पुग्छ त्यसको सिधा नकारात्मक असर काम गर्ने सम्पुर्ण ब्यक्ती र परिवार मा पर्न सक्दैन भन्नू मुर्खता मात्र हो ...........
उद्योग व्यावसायिक ब्यक्ती को जीवन र आर्थिक हिसाब मा जसरी असर गर्दै जान्छ त्यो भन्दा बढी र नाजुक अबस्थामा पर्यटन कामदार हरु को निजि आर्थिक जिन्दगी र पारिवारिक जिन्दगी मा आर्थिक असर पर्दै जान्छ किन कि उद्योग ब्यापारकर्ता त जे जसरी जिउन सक्छ तर पहिला नै नाजुक अवस्था भएको एक कामदार ले जीवन धान्न नै मुस्किल हुदा त्यसको सिधा असर सम्पुर्ण परिवार मा पर्न जान्छ ।
५. पर्यटन व्यावसाय र दीर्घकालीन असर अनि कोरोना:
नेपाल को अर्थतन्त्र मा पर्यटन व्यावसायिक उद्योग को जत्ती महत्वोपुर्ण भुमिका छ त्यस् को कारण जसरी कोरोना को कारण बिश्व लगायत नेपाल को पर्यटन मा नेपाल भ्रमण बर्ष २०२० को उच्च आशा को केन्द्र बिन्दु मा तहस नहस हुदा कतिपय पर्यटन व्यावसाय र ब्यक्ती हरु मा लगानी र उद्योग को दीर्घकालीन नकारात्मक असर गर्ने प्रष्ट देख्न सकिन्छ जस्को परिणाम स्वरुप ती पर्यटन ब्यापार हरु पुर्ण रुप मा बन्द हुने तथा बिकराल रुप लिदै आशिक रुप मा बिस्थापित हुन सक्ने उच्च जोखिम पनि रहेको छ ।
एक संचालक ले आय आर्जन गरेर कमाइ घर भाडा देखि कामदार लाई ज्याला दिदै आफ्नो निजि खर्च ब्यबस्थापन गर्ने नै उक्त पर्यटन व्यावसायिक उद्योग भएको हुदा कोरोना का कारन दीर्घकालीन नकारात्मक असर पर्ने बुझ्न सकिन्छ ।
६. सामाजिक जन जीवन प्रती नकारात्मक प्रभाव :
जसरी माथी उल्लेखित कारण र कारक का साथ यसको सिधा प्रभाव सामाजिक जीवन र समाज को भित्री तह मा देख्न पनि सकिन्छ किन कि आर्थिक मन्दी बिस्थापित र बेरोजगार का कारण समाजमा कतिपय नकारात्मक कार्य हरु हुन सक्ने एक बलियो आधार पनि हुन सक्ने बुजिन्छ कुन कि एक ब्यक्ती को आर्थिक आय आर्जन ले नै परिवार को जिम्मेवारी पुर्ण हुने हुदा यदि त्यो कार्य मा बाधा र रोकावट हुन पुगे मा समाज मा कुलत मा लाग्ने , नसा प्रयोगकर्ता बढने, चोरीपैठारी हुने, आत्म हत्या हुने तथा अन्य समाजिक नकारात्मक कुरा हरु हुने प्रष्ट बुज्न सकिन्छ ।
७. कोरोना र देश को अर्थतन्त्र :
जसरी देश को अर्थिक अबस्था मा पर्यटन व्यावसाय को महत्वोपुर्ण भुमिका छ त्यो सङ सङै बैदेशिक रेमिटान्स को पनि प्रमुख भुमिका हुने हुदा देश मा परदेश देखि १०/१२ लाख युवा बेरोजगार अबस्था मा नेपाल आउनु पनि देश को अर्थ तन्त्र मा गम्भीर असर पर्ने हर कोहि ले आकलन गर्न सक्ने देखिन्छ ।
कोरोना को कारण बिश्व नै शन्य अबस्था मा पुगेको हुदा हामी नेपाली र हाम्रो नेपाल को आर्थिक अबस्था नाजुक हुनु कुनै नौलो कुरा होइन किन कि हाम्रो देश को रोजगार को अबस्था देखि उद्योग व्यावसाय अबस्था पहिला नै मन्द र नाजुक हुनु नऐ प्रमुख दोषी रहेको बुज्न सकिन्छ ।
अन्त्यमा .........
यो मेरो ब्यक्तिगत बुझाइ सोचाइ र बिचार मात्र रहेको छ । यो लक डाउन को क्रम मा घर मै बस्नु पर्दा आफ्नै ब्यक्तिगत निजि जिन्दगि लाई कोरोना को कहर पछि कसरी लैजाउ भन्दै सोच्ने क्रम मा यी बिचार हरु आएका कारण यो लेख लेख्न समर्थ रहेको छु ।
तसर्थ यो लेख एक पुर्ण ब्यक्तिगत बिचार को जोड मात्र हो ।
धन्यवाद
बिमल राज निस्चल