कुनै दिन साथी भाइ हरु सङ रमाइलो गर्न को लागि रक्सी पिउनु एक जीवन को रङ थियो तर बिस्तारै रक्सी पिउनु भने को दुख पिर अनि जिन्दगी का दर्दनाक कथा ब्यथा हरु भुलेर दिन मा एक पल भए पनि बिना सोच बिना दुख र बिना आफै ले आफै लाई भुल्न पिउनु नै नसा को कारक थियो तर बास्तब मा जब सम्म कोहि मानिस बुज्दैन यो जिन्दगी को रङ हरु र अनुहार को चित्र र चरित्र अनि त्याग गर्दैन नसा रक्सी पिउनु को आनि बानी हरु ......
एक ब्यक्ती जत्ती जान्ने बुज्ने होस जत्ती पढेलेखेको होस तब सम्म बिबेक आउदैन जब सम्म एक मानिस मा चेतना आउदैन ..... भनिन्छ नि समय सङ हरेक कुरा को दवाइ छ अनि समय मात्र यस्तो चिज हो जो सङ हरेक कुरा को उत्तर रहेको छ .......
म यत्ती सम्म खराब र बिग्रेको ब्यक्ती थिए कि एक जना ब्यक्ती जिन्दगी बाट टाढा जाँदै मा रक्सी कै साथ लिन पुगे जुन मेरो जिन्दगी को कम्जोर पक्ष थियो भने जिन्दगी र सम्बन्ध को यथार्थ र बास्तबिकता न बुज्नु नै म नसा को साथ मा रमाउनु कारण थियो .......
जिन्दगी मा समय सङ सङै धेरै कुरा हरु सम्झाउदै बुझाउदै गयो कि जुन दिन म आफू बुज्ने र सम्झिने भए त्यो दिन मैले आफू लाई चिन्ने मौका पाए ...... दुख को कुरा ! जिन्दगी मा यदि माया गर्ने केही भाइ हरु र साथी हरु न भएको भए सायेद जिन्दगी आज जुन रुप मा थियो त्यो रुप मा पक्कै हुने थिएन तर म आफ्नो भोगाइ र बुझाइ को कारण पनि आज एक असल जिन्दगी जिउन समर्थ छु .........
आज आएर सम्झिदा यत्ती दुख लाग्छ कि जिन्दगी मा म सबै बुज्ने जान्ने तर यति बुज्न सकिन कि जिन्दगी जिउने क्रम मा धन सम्पती भन्दा ठुलो सुख शान्ती र आनन्द हो भने खराब र दुख दिने सम्बन्ध भन्दा एक्लो जीवन नै असल र महत्त्वपूर्ण हो ।
जिन्दगी मा धन सम्पती भन्ने कुरा यदि आफू असल र सहि छ भने आज न भए भोलि किनै दिन पक्कै कमाउन जोगाउन अनि जोड्न पक्कै सकिन्छ सो किन जिन्दगी लाई एक नसा मा त्यो पनि खराब सम्बन्ध को लागि श्रद्धाञ्जली दिने ?
कुनै दिन थियो कि जिन्दगी मा त्यो एक सम्बन्ध जोगाउन को लागि धेरै गरियो अनि बास्तबमा भन्नू पर्दा बस मर्न मात्र बाकी थियो तर जुन भाग्य मा छ त्यो पक्कै पाइन्छ भने जस्तै समय सङ सङै त्यो सम्बन्ध मा म आफू ले आफै लाई यत्ती लाचार निकम्मा र बेबकुफ लाग्न थाल्यो कि उक्त सम्बन्ध भुलेर नव जिन्दगी जिउनु को बिकल्प बाहेक केही हुन सकेन र आज खुशी सफलता का साथ नव जीवन को आनन्द लिदै छु ......
बास्तबमा ! कुनै पनि सम्बन्ध एक्लै ले जोगाउन नसकिदो रहेछ जब हरेक ब्यक्ती आफन्त सम्बन्ध परिवार देखि सडक मा हिन्ने सम्म ले त्यो सम्बन्ध तोड्न अनि बिगार्न नै चाहन्छन भने ..... मलाइ आज आएर दुख लाग्छ कि मैले एक सम्बन्ध को लागि रक्सी पिउनु पर्यो जुन सम्बन्ध कुनै पनि दिन न मेरो थियो न त मेरो लागि नै थियो ।
जब सम्बन्ध बिग्रदै गयो तब म आफै लाई समाल्न नसकी रक्सी सेवन गर्न पुगे किन कि जिन्दगी मा भुल्न रक्सी पिउनु पर्छ जस्तो लाग्थ्यो तर म यति जान्ने बुज्ने लाई जिब्दगी मा दुख पिर र कुनै सम्बन्ध भुल्न रक्सी होइन नया जिन्दगी प्रती कदम चाल्नु पर्छ भन्ने हेक्का नै भएन ...
बस ! एक कदम अनि सन्सार आफै परिबर्तन हुनेछ .........