हुन त नशा जे कुरा को होस हाम्रो समाज मा कसै ले पनि राम्रो दृष्टिकोण ले न हेर्छन न बुज्ने गर्छन अझ त्यो नसा जिन्दगी माथी नै हावी हुँदै गयो भने त झन आफ्नो परिवार ले त पक्कै नि माया गर्छन नै तर आफन्त साथी भाइ देखि वरिपरि हुने ब्यक्ती हरु ले पनि असल र राम्रो पक्कै भन्दैनन जुन कुरा एक नशा सेवन प्रेमी ले बुज्न जरुरी छ ।
बास्तबमा ! नशा ले ब्यक्ती को सामाजिक जिन्दगी यसरी खराब बनाउछ कि कुनै दिन उक्त ब्यक्ती लाई समाज को हिस्सा मान्न पनि अस्विकार गर्न तयार हुन्छ । नसा प्रेमी ब्यक्ती को नसा का कारण आफू मा भएको कला शिक्षा देखि ब्यक्तित्व बिकास का हरेक कुरा हरु यसरी हराउदै जाने छन कि जसरी गधा को सिंह सो नसा ले सामाजिक जिन्दगी लाई तहस नहस पार्नु नै एक अवगुण हो ।
यो समाज मा नसा सेवन गर्नु का कारण हजार होलान अनि नसा सेवन गर्ने ब्यक्ती लाई थाहा हुन्छ उ किन नसा प्रती आसक्त हुँदै छ तर बाहिरी ब्यक्ती हरु लाई त्यो कुनै मतलब को कुरा हुदैन अनि कुनै चासो पनि हुदैन .... बस! यति मात्र थाहा हुन्छ फलानो रक्सी पिउछ ! फलानो रक्सी नै पिउछ तर दुख को कुरा यो छ कि नसा अनि रक्सी पिउनु को पिडा बुज्ने कोसिस सम्म नि हुदैन ......
जब तपाईं नसा र रक्सी सेवन गर्नु हुन्छ जो तप्लाइ माया गर्छन् र जो तपाईं को लागि अझै सोच्ने गर्छन ती ब्यक्ती हरु कहि न कहि कतै बाट सक्दो सहयोग गर्ने नै छन .......
यो समाज मा सायद कम्ती नै छन ती समझदार र परिपक्वता का ब्यक्ती हरु जो आफ्नु घर को सदस्य लाई कुनै रोग लाग्छ अनि त्यो घर को रोगी ब्यक्ती लाई अल्पत्र नै पारेर जान्छन किन कि यदि कसै लाई दुख छ र रोग छ भने उपचार गर्नु पर्छ न कि बिच मै त्याग्नु पर्छ ......
म! म आज खुशी छु कि जो ब्यक्ती मेरो थिएनन् ती आज म सङ छैनन र जो छन ती आज पनि मै सङ छन र मेरो हरेक दुख देखि नसा सेवन को समयमा पनि म सङ मलाइ नै सहयोग गर्दै थिए र म आज यहाँ छु ......
म आज ती सम्पुर्ण ब्यक्तिगत ब्यक्तित्व बिकास देखि जुन म थिए र जुन मेरो परिचय थियो फेरि म सङ नै छ ......
धन सम्पती को कुरा आफ्नो ठाँउ मा छ तर आज जे छ त्यो कुनै पनि ब्यक्ती सङ छैन ...... परिवार र असिम सुख ...
यो ब्यक्तिगत बुज्गाइ र भोगाइ मात्र हो !