भोगाइ र बुजाइ : रक्सी-सम्बन्ध र जिन्दगी
मैले कहि कतै सुनेको यो धर्ती मा कोहि पनि मानिस खराब हुदैन अनि नराम्रो हुदैन बस ! खराब र नराम्रो त समय परिस्थिती र अबस्था हुन्छ .......थाहा छैन यो वाक्य र भनाइ मा के कति सत्यता छ तर मेरो ब्यक्तिगत बुझाइ भोगाइ मा सटिक छ ! एक दम सटिक छ .....
बास्तबमा मेरो जिन्दगी मा रक्सी सङ केही सम्बन्ध यसरी जोडियो कि न चाहदा नचादै पनि रक्सी सङ को सम्बन्ध सङ सङै जिउने एक नया जीवन भेट्न् पुगे .......
जिन्दगी मा लत र कुलत जन्मजात नै हुदैन बस! यो एक सोच र परिस्थिती ले जन्माउने गर्छ अनि उमेर सङ सङै बिकशित हुँदै जादा लत र कुलत को रुप मा परिणत हुन्छ .....
रक्सी ! कुनै दिन रमाइलो र साथी भाइ सङ को जमघट सम्म थियो तर बिस्तारै यो एक लत कुलत मा परिणत हुँदै गयो जुन पछि सायद जिउने माध्यम बन्दै गर्दा जुन समय परिस्थिती र अबस्था कै कारण आफै बन्द भयो र आज एक कथा मा सम्झना मात्र सिमित हुन पुग्यो ..... कुनै दिन साथी भाइ सङ को जमघट मा रक्सी खाइयो हिडियो तर जब बैबाहिक सम्बन्ध देखि आर्थिक सम्बन्ध आफै मा खराब हुँदै जादा रक्सी नै एक साथी हुन पुग्यो । हुन पनि हो जब सन्सार नै अन्धकार र जिउने एउटा् आधार देखिदैन मानिस रक्सी या कुलत मा फस्नु कुनै अनौठो कुरा होइन तर समाज र बैरी हरु लाई रक्सी पिउनु को कारण भन्दा नि रक्सी पिएको मानिस मा खराबी का बोरा का बोरा अनगिन्ती नकरात्मक कुरा हरु र खोट हरु देखिनु कुनै नौलो कुरा होइन किन कि मानिस हरु आफ्नु आङ मा भैंसी पनि देख्दैनन तर अरु को आङ मा जुम्रा पनि देख्छन अनि त खराब हुन जान्छ सम्बन्ध र जीवन .....
मैले रक्सी पिउनु गलत थियो तर बुज्ने को थियो त ? हो ! एक दुई जना आफ्ना भन्ने र साथी भन्ने ब्यक्ती हरु को अझै पनि कमि छैन जो मेरो भित्री अन्तर कथा बुज्ने तर त्यो भन्दा नि मैले ती ब्यक्ती हरु को जमात मा आफू लाई हेर्न पुगे जो सधै मेरो दुर्गती र कुभलो चिताउने थिए तसर्थ म आफै मा झन खराब हुँदै हुँदै गए ......
रक्सी सेवन आफै मा एक दम गलत हो ! म मान्छु ! मानिस हरु सबैले रक्सी पिएको र रोयेको मात्र देख्ने गर्छन तर यहाँ कोहि पनि बुज्न कोसिस गर्दैनन कि आखिर किन रोयो अनि किन रक्सी पियो अनि किन यस्तो भयो तर सबै मानिस हरु लाई यत्ती मात्र थाहा हुन्छ रोयो त दुखी छ र रक्सी पियो त रक्सी पियो तर रुनु को दर्द र रक्सी पिउनु को कथा ब्यथा बुज्ने कोसिस मात्र गर्ने पनि पाउन सकिँदैन ......
मैले रक्सी पिए त बस रक्सी पिउनु गलत थियो तर किन पिए त्यो कसैको लागि मत्लब भएन .... जब कोहि मानिस सडक मा आउँछ तब जिन्दगी नै बोझ हुदा रक्सी पिउछ तर बुज्ने कोहि हुदैन अनि सम्बन्ध बिग्रदै जान्छ अनि आफ्नु सन्तान आफू भन्दा टाढा हुन्छ तब जिउने कुनै सहारा नहुदा एक मानिस रक्सी लाई जिउने सहारा बनाइ रक्सी पिउछ किन कि मर्न पो यहाँ सजिलो छ तर जिउन कत्ती मुस्किल छ त्यो ब्यक्ती लाई मात्र थाहा हुन्छ जो मानिस मा एक सोच र खोज हुन्छ .....
आज आएर बुज्दैछु ! रक्सी पिएर आफ्नु छोराछोरी टाढा हुनु को, सम्बन्ध बिग्रनु को र सम्पती हिना मिना हुनु को कारण आफै रक्सी पिएर जिन्दगी मा जिउने साहारा र अर्थ नहुदा नहुदा पनि रक्सी को साथ मा जिउनु आफै मा सारै खराब थियो किन कि जिन्दगी मा सम्पती कमाउन सकिन्छ फेरि नया सम्बन्ध जोड्न सकिन्छ र सम्पती पैसा र जिन्दगी रहे मा हर कोहि नजिक पाउन सकिन्छ ......
दुख लाग्छ ! मैले रक्सी पिउनु को कारण बुज्दै नबुजी केवल मैले रक्सी पिएको मात्र देख्ने एक समाज थियो .... अरु को के कुरा आफ्नै मान्छे पनि रक्सी पिएको मात्र देख्ने तर किन पिएको सम्म नबुज्ने आफ्नै जीवन साथी सम्म हुन्छन भने अब अरु को के कुरा ?
अन्त्यमा , जिन्दगी मा रोग लागे रोग लाई उपचार गर्नु पर्छ रोगी लाई हेला होइन किन कि रक्सी पिउछ र कुनै कुलत छ भने ब्यक्ति लाई हेला र छि छि नगरौ के कसरी हुन्छ कुलत र रक्सी पिउने बानी छुट्टाउनु पर्छ .......
यदि कोहि ब्यक्ती कुनै पनि प्रकार को नशा र रक्सी सेवन गर्छ भने पहिला बुज्नु यथार्थ अनि उपचार तर्फ लग्नु पर्छ यदि रोग लाई माया गरि रोगी लाई त्याग गर्दै जाने हो भने यो सन्सार मा को खुशी हुन्छ र ?
म आज खुशी छु किन कि रक्सी पिउदिन भन्ने कुरा ले होइन ! खुशी छु किन कि जिन्दगी जिउने एक नया सोच पाए .....
जिन्दगी मा कदापी नभुलौ कि जिन्दगी मा कोहि मानिस पनि गलत हुदैनन बस समय परिस्थिती र अबस्था मात्र खराब हुने गर्दछ .........
यो मेरो भोगाइ र बुझाइ मात्र हो ।