19 April 2020

कबिता : कोरोना को कहर

कबिता : कोरोना को कहर

सगरमाथा उच्च रहेन धर्ती मै झारेर गयो
बुद्ध को जन्मभुमी शुद्ध रहेन सोरेर गयो
वीर गोर्खालीको सान लाई झुकाएर गयो
यो महामारी कोरोना ले सबै लाई झुकाइ गयो

न अमेरिका शक्तिशाली देश भनी माफी दियो
न चिन लाई विशाल देश भनी रुवाउन छोडयो
बिश्व को मै हु भन्ने देश लाई पनि रुवाइ गयो
यो बिनासकारी कोरोना ले सब लाई रुवाइ गयो

न आज पेरिस रोमान्टिक हुन सकेको छ
न दुबई नै शक्तिशाली हुन सकेको छ
न चीन नै विशाल देश बन्न सकेको छ
यो भाइरस कोरोना ले औकात देखाएर गयो

न कसैको धन ले जिन्दगी बचाउन सकेको छ
न कसैको सम्पती ले कोरोना बाट बचाउन सकेको छ
यहाँ मानिस देखि मानिस बिच डर बनाएको छ
यो कोरोना ले मानिस को असली चरित्र देखाइ दिएको छ

न आज जात भात धर्म नै ठुलो हुन गएको छ
न कसैको घमण्ड अहंकार ले नै जिते को छ
बस! मानिस आफै देखि आफै मा लुकेको छ
यो कोरोना ले धर्ती र प्रकृति को महिमा बुझाएको छ

यो कोरोना ले प्रकृति को सन्तुलन देखाइ हासेको छ ......

बिमल राज निस्चल