19 April 2020

ब्यक्तिगत भोगाइ र बुजाइ : अतीत रक्सी र भबिस्य



सन्सार मा हरेक समश्या को हल र समाधान छ बस ! मानिस मा एक सोच र सकारात्मक बिचार हुनु पर्दछ ......
यहाँ कोहि पनि मानिस आफै मा न गलत हुन्छ न खराब बस ! समय परिस्थिती र अबस्था ले गर्दा आफै मा खराब र असल हिने गर्दछ ..... जिन्दगी मा सबै ले बुज्नु पर्ने महत्त्वपूर्ण कुरा !
यो रक्सी र जिन्दगी अनि सम्बन्धको सम्बन्ध आफै मा परिपुरक छ .....
मानिस को जिन्दगी हो कुनै दिन दुख हुन्छ कुनै दिन सुख तर मानिस को सोच र बिचार मा भर पर्ने गर्दछ आखिर उस को अगाद्कोन्कदम के होला ? 
यो सन्सार हो आफ्नै आन्खा अगाडी देखेको छु कत्ती मानिस को जिन्दगी सुख को अशिमता र दुख को पहाड तर पनि जिन्दगी चलेको नै छ र जिन्दगी जसरी पनि चल्छ ..... सडक मा हुने कुकुर को पनि जिन्दगी मज्जा ले चलेको छ बस त्यो जिन्दगी लाई अरु ले हेर्दा वाह भन्ने कि हिया भन्ने आफै मा भर पर्छ ...... यहाँ मानिस हरु कसै सङ तेत्ती बिचार हुदैन कि कोहि मानिस ले रक्सी पियो भने किन पियो कसरी पियो त्यो बुज्न सक्ने शक्ति कसै सङ छैन बस ! सबै ले बुज्ने भने को यति मात्र हो रक्सी पियो ........
मलाइ आफै लाई एक दम दुख लाग्छ कि मैले पनि कुनै बेला रक्सी मात्र पिएर सायेद २/३ बर्ष खेर मात्र हैन आफै ले आफै लाई लज्जित बनाएको छु र आज आयेर सम्झदा पनि आफै लाई पछुतो लाग्छ ......
मैले त्यो दिन बाट रक्सी पिउन यसरी सुरु गरे कि पानी भन्दा मलाइ पिउन सजिलो रक्सी नै लाग्थ्यो जुन मेरो एक नकारात्मक सोच को प्रतिफल थियो, जुन दिन म आफै मा एक लाचार अनि निकम्मा जस्तो सोच मा परे तब मैले रक्सी लाई साथी बनाएको थिए जुन आफै मा सरासर गलत थियो ......
धन सम्पती जाबो आउँछ जान्छ यदि मानिस आफै मा भरी पुर्ण भए धन सम्पती कमाउन कुनै ठुलो कुरा हैन ..... कुनै दिन धन सम्पती हराउने नाजुक अबस्था आउनु र पारिवारिक सम्बन्ध पनि नाजुक अबस्था मा आउनु र जिन्दगी प्रती जिउने कुनै एक आधार नै नहुनु नै मैले रक्सी सेवन गर्नु को प्रमुख कारक थियो ...... दुख लाग्छ त्यो दिन मैले आफू लाई किन चिन्न सकिन ? 
मेरो अर्थ अबस्था आफै मा खस्किदै थियोे जुन यदि मैले दिमाग लिएर आफै ले आफै लाई मज्बुत गर्न सकेको भए पैसा कमाउन के गार्हो थियो र ? खै ! आज कमाउन सकेको छु न कुनै पिर छ न कुनै अभाब ......
पारिवारिक सम्बन्ध टुक्रदै टुक्राटुक्रा हुँदै थियो लाख कोसिस को कारन पनि समाल्न सकेको थिएन अनि आफै मा रक्सिन्को लत लाग्न थाल्यो ! आज आएर हासो लाग्छ कि कुनै दिन म त्यो ब्यक्ती र सम्बन्ध को लागि आफ्नु नजर मा आफै गिर्न सम्म पुगेको थिए ...... जब मेरो दिमाग मा त्यो ब्यक्ती र सम्बन्ध मात्र थियो मैले जिउने एक सानो सहरा पनि देख्न सकिन अनि रक्सी को कुलत मा यसरी फस्दै फस्दै गए कि दुनिया लाई मैले रक्सि पिएको थहा भयो तर किन पिएको कसै लाई थाहै भएन ..... बास्तब मा ! म गलत थिए किन कि जुन सम्बन्ध जुन ब्यक्ती र जुन सन्तान को लागि मैले आज भोलि र भबिस्य सोच्दै रक्सी को कुलत मा फस्दै गए त्यो बास्तब मा एक आफ्नो नजर मा त म गिर्दै गिर्दै थिए त्यो जमात को लागि पनि गिर्न पुगे जुन जमात को म सङ कुनै साइनो थिएन .......
जाबो एउटा सोच पलाउने कदम चाल्न सकिन कि त्यो सम्बन्ध मा आखिर के नै थियो र?  यदि आफू ले जन्माउने सन्तान ले आफै लाई नकारात्मक सोच का साथ सम्बन्ध नै छ भन्ने बुज्न सक्दैन भने के सन्तान ? मलाइ आज आएर हासो लाग्छ कि कुनै दिन म त्यो सम्बन्ध त्यो ब्यक्ती र त्यो सन्तान को अगादी निरही लाचार अनि नकारात्मक ब्यक्ती हुन पुगे तर आज को दिन हेर्छु अनि आफै ले आफै लाई गाली गर्दै भन्ने गर्छु कि .......
" बिमल ! यहाँ कुनै सम्बन्ध को पछि भाग्नु भन्दा आफ्नु जीवन लाई बनाउ त्यो जाबो सम्बन्ध अनि सम्पती त आज नभए भोलि एक दिन हुने नै छ ......... जिन्दगी मा झुक्केर पनि न धन न सम्पती न ब्यक्ती र न कुनै सम्बन्ध लाई यति महत्त्वपूर्ण नबनाउ कि आफ्नै महत्त्व गिर्दै जाओस .....!" 

ब्यक्तिगत भोगाइ मात्र ........