20 April 2020

ब्यक्तिगत सोच र बुझाइ अनि भोगाइ : रक्सी र मेरो सोच


हो! हामी मान्छे कोहि पनि गलत छैनौ बस! हामी ले राम्रो काम नगर्दा हामी नराम्रो मात्र भएका हौ .........
जब एक मानिस जिन्दगी मा कदापी सोच्न त के कल्पना सम्म नगरेको घटना र कुरा जीवन मा आइ पर्न थाल्छ अनि मानिस आफै मा एक रोगी .... आसक्त रोगी बन्न पुग्छ जुन रोग को उपचार सम्भब त पक्कै छ तर सहि समय र सहि ब्यक्ती हरु को साथ चाहिन्छ ।
मलाइ पनि तेस्तै भयो ! जीवन मा नसोचेको कुरा हुनु पर्दा जीवन मा भुल्ने रमाउने अनि साथ दिने हरु को अभाब मा रक्सी को साथ मा रमाउदा रमाउदा यसरी कुलत मा परियो कि आज आएर आफू लाई भाग्यमानी मान्न बाध्य हुन्छु .....
जिन्दगी को यात्रा मा यदि एक ब्यक्ति को परिवारिक सम्रचना बिग्रदै आर्थिक अबस्था नाजुक हुँदै पारिवारिक बैबाहिक सम्बन्द हरु त्यागिदै र जिउनु को सहरा हरु मा बैगुनी र बैरी को रुप देख्दै जान्छ भने सायेद कम्जोर ब्यक्ती हरु आत्म हत्या सम्म गरेर जीवन फाल्न सम्म पछि पर्दैनन तर म भने कमाउने रमाउने र जिन्दगी भुलाउने प्रयास मा फसेको थिए ........
जिन्दगी मा दुख को पहाड थियो तर पनि कमाउदै रमाउदै पिउदै जिउन सिकेको थिए अनि मेरो जिन्दगी देखेर जल्ने हरु लाई खुशी बनाउदै थिए ........
जिन्दगी मा जब जिउने आधार को कमि महसुस हुन्छ अनि जिन्दगी आफै मा बोझ हुन्छ तर बास्तब मा म त्यो समयमा आफै मा अबुझ र बुद्धि हिन हुन पुग्नु नै मेरो सबै भन्दा ठुलो  कमि कम्जोरी थियो र म त्यो कुलत को दल दल मा फस्न पुगेको थिए .........
बास्तब मा ! म यत्ती सम्म गिर्न पुगेको थिए कि मलाइ त्यो शब्द हरु नै पाउदिन जस्लाइ लेख्न सकु ...... म यति सारै आसक्त OBSESSION भएको थिए कि जिन्दगी मा मैले न परिवार न समाज न त मेरो आफ्नु भबिस्य नै सोच्न सकेको थिए र जिन्दगी मा ब्यक्ती प्रती यत्ती OBSESSION हुन पुग्नु नै मेरो कमजोरि र गलत थियो .......
आज सम्झी आउदा यत्ती हासो लाग्छ कि म यसरी आशक्त र OBSESSION हुन पुगेको थिए कि मेरो दिमाग देखि सोच सम्म बस! उक्त ब्यक्ती अनि उक्त ब्यक्ती अनि सन्तान को मात्र सोच थियो जुन सोच ले गर्दा म आफै मा लज्जित देखि खराब सम्म हुन पुगे ........ लज्जित र खराब पनि यति सम्म कि आफ्नो जिन्दगी नै बोझ भै सकेको थियो तर भनिन्छ नि जिन्दगी मा हरेक कुरा को एक समय आउँछ अनि समय नै सब कुरा को हल हो .......
आज खुशी छु कि कुनै दिन म आफै मा गलत थिए बस! मेरो सोच सारै गलत थियो किन कि जिन्दगी मा दुनियाँमा सबै को सम्बन्ध त्याग हुन्छ अनि आफ्नो छोरा छोरी आफू देखि टाढा हुन्छन बस आफू स्वस्थ्य र राम्रो हुनु पर्छ अनि जिन्दगी मा अगाडी बड्न सक्नु पर्छ ......
यथार्थमा मेरो सोच निच थियो किन कि जिन्दगी मा एक मात्र प्रेमिका श्रीमती हुदैनन यदि एक ब्यक्ती ले अर्को ब्यक्ती को महत्त्व बुज्न सक्दैन भने अर्को प्रेमिका पनि पाइन्छ अनि अर्को बिगे पनि गर्न सकिन्छ र सन्तानको सुख प्रेम र सम्बन्ध कुनै ठुलो कुरा होइन बस! जिन्दगी मा खुशी हुनु पर्छ .......
आज को दिन मा आयेर म आफौ लाई अतीत मा फर्की हेर्दा दोष म आफै लाई दिन्छु अनि मेरो सोच लाई .........
न कोहि सधै भर साथ मा हुन सक्छ न कुनै सन्तान .... 
बस! आफू भलो त जगत भलो ...........