कविता : हो ! चुनाब फेरि आउँछ ......
अनगिन्ती पाइलाहरु भोको पेट अनि कोरोना को त्रास ले
जिन्दगी को यात्रा भन्दा कठिन यो दुई दिन को यात्रा ले
केही सिकाउदै छ केही भोगाइ को पहाड हरु चुलिदै छ
जीवन मा यो दिन देखाउने खै कस्तो नियती को खेल छ
मन भरी ज्वाला अनि दिमाग भरी क्रोध को छाल आएको छ
अनगिन्ती पाइला र भोको पेट ले जनप्रतिनिधि दुधलिएको छ
हर पाइला सङै भोक को प्यास सङै यो मन कुदिएको कत्ती कति
जीवन कोरोना को त्रास मा खै कस्तो कस्तो यता न उति
मन् ले अर्को रिस कुदिरहेका छन अर्को बर्ष भोट हालौला नि
मेरो आगन मा आउलास तिमी लाई म पालाको पैचो फेरौला नि
बिडम्बना भोलि को समस्या सामु आज को भोको पेट भुल्नेछु
आज को अनगिन्ती पाइला हरु भोलि को झुठो सपना सामु बिर्सनेछु
यसरी नै बिति गए हजुरबुबा को पाला देखि नाति पनाति को पाला सम्म
खै ! न बदलियो देश न बदलियो शासन न बदलियोउ हामी सम्म
फेरि भोलि दुई हात जोडी बोलेको चुनाबी कस्सम मा रम्ने छौ
कस्तो जीवन यो अनगिन्ती पाइला अनि भोको पेट भोलि भुल्नेछौ
शब्द : बिमल