कबिता : खै ! कोरोना तिमी किन आयोउ
गाउँ घर सुन सान छ सबै तिर एकान्त भएकोछ
मान्छे देखि मान्छे यहाँ पर पर बसेर जिउने परेकोछ
हिजो सम्म भोकै मर्छु काम बिना भन्ने हरु बिना काम
मर्छु कि भन्ने पिर चिन्ता बस मेसो मात्र छ कसरी खाम
खै ! कोरोना तिमी किन आयोउ ......
पृथ्वी माता शान्त छिन दिन प्रदिन सुन्दर हुँदै गएकी छिन
हिजो कालो मुस्लो ले ढाकियेकी आज मन खोली हास्दै छिन
प्रकृति को सुन्दर अनुपम रस लिदै पृथ्वी मात आनन्दीत हुँदै
येस्तो लाग्छ अब त प्रकृति पनि थोत्रो युग मा पुर्न जन्म हुँदै
खै ! कोरोना तिमी किन आयोउ .......
खोलानाला समुन्द्र आफ्नै लय मा झुम्दै नाच्दै रमाउदै छन
लोपन्मुख पन्छी हरु खुल्ला आकाश मा रम्दै रमाउदै छन
कालो गगन नि आज निलो देखिन्छ दुशित समुन्द्र नि निलो
प्रकृति ले समाल्दैछ साखा सन्तान सबैलाइ प्रेम ले कस्सिलो
खै ! कोरोना तिमी किन आयोउ ....
बैरी नै बनेका थिए मानव प्रकृती र ब्रह्माण्ड अनि पृथ्वी का
बिकाश र सम्पन्नताको नाउ मा बलात्कार हुँदै थियो सबै का
ज्ञान् रहेन कसै मा यो पनि त धर्ती हो हाम्रो साझा घर नै हो
खै कसै ले बुजेनन प्रकृति र पृथ्वी नै हाम्रो जगत र घर नै हो
खै ! किन आयोउ कोरोना तिमी ......
खुल्ला निलो आकाश मा पन्छी हरु को चिर वीर सुन्न पाएकोछु
स्वच्छ सुन्दर अनि प्राकृतिक पुरानो पृथ्वी भेट्ने मौका पाएकोछु
जहाँ हेरु एकान्त छ मानिस देखि मानी डर मा जिबित हुदैछ
कस्तो निर्दयी कोरोना तिमी सन्सार फेरि पुर्न जिबित हुँदै छ
खै ! कोरोना तिमी किन आयोउ ........
आफू लाई सर्वे सर्वा ठान्ने मानव लाई घुडा टेकाएको कोरोनाले
ज्ञान् दिलाएको छ पृथ्वी पनि रुन्छ दु:खद है पिडा र परिक्षण ले
बुज्नु छ अब पृथ्वी अनि प्रकृति को अलौकिक महत्त्व सबै ले
मानव भन्दा शक्तिशाली छ प्रकृति अनि पृथ्वी आफ्नै चक्र ले
खै ! कोरोना तिमी किन आयोउ .......
यहाँ मान्छे देखि मान्छे डर मा जिउनु कसैको सोच पक्कै होइन
यसरी मानव को जिन्दगी को चक्र कसै को पनि खोज पक्कै होइन
कर्म को फल थियो सबै ले भोग्नु पर्छ भागेर जाने कुनै अर्को पृथ्वी छैन
मानव ले प्रकृति र पृथ्वी को महिमा नबुजे अब अर्को पृथ्वी छैन
खै ! कोरोना तिमी किन आयोउ ......
खै ! कोरोना तिमी किन आयोउ
मानिस लाई मानिस को डर देखाउन
खै ! कोरोना तिमी किन आयोउ
आखिर जीवन त चल्छ है भनी सिकाउन
खै ! कोरोना तिमी किन आयोउ ?
शब्द : बिमल