नेपाल मा उक्गान नै छ कि " अन्न ले श्राप छ अन्न नफाल्नु " सायद यो उखान बुढा पाका ले त्यसै भनेका पक्कै होइनन .....
म ब्यक्तिगत रुप मा यो भगाइ बुझाइ छ कि जिन्दगी मा अन्न अर्थात भात खाना को एक दम महत्त्वपूर्ण स्थान छ अनि जब सम्म मानिस रहनेछ तब सम्म क्गाना को स्थान महत्त्वपूर्ण रहि रहने छ .....
कुनै बेला थियो खाना मा मिठो मिठो अनि मन पर्ने क्गानाको परिकार बिना खाना क्गानु मन लाग्दैन थियो तर यो जिन्दगी ले यसरी सिकायो कि आज " अन्न " मात्र होस त्यो मिठो नहोस या त जत्ती सुकै नमिठो खाना होस म ढुक्क सङ खाइ खुशी हुन सक्छु ......
जुन कुरा जिन्दगी मा सिक्ने मौका पाएको छु .....
जिन्दगी मा खाली खोल्ती भोको पेट र गलत सम्बन्ध ले धेरै कुरा सिकाउछ भन्ने कतै पढ्न पाएको थिए तर यो मेरो नितान्त ब्यक्तिगत जीवन मा भोगाइ नै छ ....
यथार्थमा मेरो जीवन मा क्गाली खल्ती भोको पेट र गलत सम्बन्ध को अर्थ पुर्ण महत्व रहेको छ ....... जिन्दगी मा धेरै खुशी छु कि सिक्ने मौका पाए !
कुनै बेला त्यो समय थियो नमिठो खाना हुदा थाल सम्म फ्याक्ने बानी थियो र क्गाना को न कदर थियो न त कुनै महत्त्व नै तर जुन दिन भोक भोकै बस्नु पर्ने दिन आयो त्यो पनि परदेश को ठाँउ मा .....
सम्झदा पनि दुख लाग्छ अनि आफै ले आफै लाई निच तुच्छ ब्यक्ती लाग्छ .....
त्यो दिन आउनु को कारक पनि म आफै थिए तसर्थ त मैले भोग्नु पर्यो । कर्म अनुसार नै फल भोग्नु पर्छ जो म आफै ले भोगी सकेको छु तसर्थ न मन न दिमाग मा नै आत्म ग्लानी रहेको छ ......
दुख पनि यति सम्म लाग्छ कि जाबो एक छाक खान को लागि साथी को सहयोगमा क्गानु पर्थ्यो भने कहिले काहीँ रक्सी खुवाइ एक च्गाक क्गान क्गानु पर्ने देखि झुठो नबोल्ने नै हो भने साथी रुम मा नहुदा एक हिसाब ले चोरी सम्म गरेर खान खानु परेको दु:खद दिन सम्म भोग्न परेको थियो ......
जिन्दगी मा हिजो ले जे सिकायो आज त्यही नै सिक्दै स्वीकार गर्सै छु र त आज म आफै मा आफै खुशी हुन संतुष्ट हुन सिक्दै छु ......
हिजो एक छाक खाना को लागि के कत्ती सम्म हुन पुग्यो त्यो आफ्नो ठाँउ मा छदै छ अनि कत्ती दिन रात भोक भोकै बस्नु पर्यो त्यो आफ्नो ठाँउ मा छ जस्को कारम आज एक दम खुशी छु आनंद छु अनि सन्तुष्ट छु ........