दु:खद कुरा आज नेपाल पर्यटन व्यावसायिक रुप मा धरासाय भयो अनि सम्बन्धित ब्यापारि हरु अनि काम्दार हरु पुर्ण रुप मा बेरोजगारी हुन बाध्य भए तर कुनै पनि सरोकारवाला को तर्फ बाट न कुनै सहयोग न कुनै पहल त न राहत र आर्थिक सहयोग नै प्राप्त हुन सक्यो ......
कृषि पछि दोस्रो ठुलो आर्थिक आम्दानी नै पर्यटन व्यावसाय रहेको नेपाल मा आज लग भग २ बर्ष पर्यटन व्यावसाय यसरी थला पर्न गयो कि अझै पनि चुप चाप १/२ बर्ष कुनै आश नगरी भगवान भरोसा हुन बाहेक अन्य कुनै बिकल्प छैन ....
यो विषम जटिल परिस्थितिमा पनि पर्यटन सम्बन्धित सरोकारवाला निकाय देखि कुनै पनि बिशेष योजना अनि सहयोग को कार्य नआउनु आफै मा दुख को कुरा हो ......
आज लेक साइड का सम्पुर्ण पर्यटन सम्बन्धित व्यावसायिक स्थान होटेल रेस्टुरेन्ट पसल अनि पर्यटन अफिस हरु कि त पलायन हुँदै छन कि त आर्थिक भार को मार मा भोलि उठन नसक्ने गरि थला पर्दै गएको देख्न सकिन्छ भने जत्ती पनि रोजगार ब्यक्ती हरु थिए ती पनि सक्ने हरु कुल्ली काम गर्दै छन कि गाउँमा खेतीपाती गर्दै छन भने अन्य पर्यटन रोजगारी ब्यक्ति हरु कि मोबाईल कि कुलत अनि कि त भोकभोकै बस्न बाध्य छन ........
हुन त पर्यटन संबंधित सरोकारवाला निकाय सस्था र कार्यलय नभएका होइनन् तर पनि आज तिनै सरोकारवाला कार्यलय हरु पनि आफै बन्द हुँदै माकुराको जालो र धुलो को जम्मा गर्दै बन्द हुदा ज्गन समस्या थपिदै गएको हुदा पर्यटन व्यावसायिक देखि रोजगारी ब्यक्ती हरु के नै गर्न बोल्न सक्छन त ?
यो दुई बर्ष को कोरोना को काल मा एक पटक सहयोग गरेको १ बोरा चामल १ पोका नुन १ किलो दाल र १ पोका सोयाबिन ले जीवन निर्बाह हुँदै छ होला त?
कृपया ! सम्बन्धित निकाय को ध्यान जाओस किन कि भोलि दक्ष र अनुभवी काम्दार पक्कै चाहिन्छ नत्र पर्यटन व्यावसाय चल्ने कसरी ?
धन्यवाद