26 May 2021

आत्माकथा : चित्रकला अनि म

ब्यक्तिगत बिचार: चित्रकला अनि म

म न उत्तम न उल्लखनिय न त राम्रो चित्र कलाकार नै हु .... म बस आफू लाई आनन्द लाग्ने अनि भुल्न को लागि मात्र फुर्सद को समयमा चित्र कला प्रती उन्मुख हुने गर्छु र जसो तसो चित्र हरु बनाउने प्रयासमा हुन्छु अनि कत्ती चित्र हरु मलाइ मन पर्छन त कत्ती मन पर्दैन तर पनि म चित्र बनाउन छोड्दिन ......

मलाइ एकिन का साथ याद त छैन कुन उमेर मा अनि कुन समयमा मैले पेन्सिल कपि लिएर चित्र बनाउन लागे अनि कसरी मलाइ चित्र नै बनाउन मन पर्यो ......

जब म कक्षा ८ देखि घर मा आइ पढ्न लागे अनि मैले काका सङ नै बढी सङत अनि उठ बस हुँदै गयो र बिस्तारै चित्र पेन्टिङ प्रती मन जाँदै गयो .....

मलाइ अझै पनि स्पस्ट याद छ ,
काका ले घर मा साइन बोर्ड हरु लेख्दा मैले धागो समात्ने देखि टिन को पाटा खुर्कने अनि रङ ब्रश हरु समाल्ने देखि सफा गर्ने सबै काम हरु मैले नै गर्दै सहयोग गर्ने काम गर्दा गर्दै जान्दै नजान्दै चित्र बनाउन पेन्टिङ गर्न तिर झुकाब हुँदै हुँदै गयो .....

मलाइ अझै पनि याद छ,
काका ले साइन बोर्ड लखेर अन्यत्र ब्यस्त हुदा मैले त्यो रङ अनि ब्रस ले जानी नजानी लेख्ने गरेको असफल प्रयास अनि कपि मा सधै केही न केही बनाउने असफल प्रयास हरु ....

जब म कक्षा ८ देखि घर मै पढ्न लागे अनि साथी भाइ हरु सङ हिन्दी कमिक्स का पात्र हरु नागराज परमाणु देखि हिरो हिरोइन का चित्र बनाइ बनाइ स्कुल को कपि सक्दै गाली सम्म खादै आफ्नो मन लाई चित्रण प्रती लग्दै गए.....

मलाइ अझै याद छ, 
श्री ताल बराही स्कुल मा पढ्ने बेला मा स्कुल बाट नै चित्रकला मा भाग लिन कै लागि म कयौंपटक हेड तोयानाथ सर सङ धेरै ठाँउ मा पुगेको छु र इनाम पनि पाएको छु .....
त्यो बेला मा श्री ताल बराही को अफिस मा मैले बनाएको श्री ५ पृथ्वीनारायण शाह को तस्बिर फ्रेम मा राखी सजाएको सम्म याद छ अनि कत्ती सर हरु ले मेरो चित्रलेखा बाट नै कक्षा मा चित्रण प्रतियोगिता सम्म सम्पन्न गर्नु भएको थियो ......

समय सङ सङै जब काका ले आर्ट दोकान राख्नु भयो झन मेरो पेन्टिङ र चित्र कला प्रती को कला निखारिदै गयो किन कि बिहान देखि बेलुका सम्म मैले नै सबै काम मा सहयोग गर्ने देखि पोखरा का उत्कृष्ट र बिशेष कलाकार हरु सम्म परिचित हुन पाउँदा मेरो कला झन झन निखारिदै गएर आज को दिन सम्म म आउन सफल रहे .....
काका कै सहयोगमा छोटो समय को लागि भए पनि पोखरा का प्रसिद्ध कलाकार आलोक गुरुङ सर सङ पेन्टिङ सिक्दा सिक्दै कतिपय ठाउमा पेन्टिङ गर्न जाने मौका का साथ प्रसिद्ध उत्कृष्ट कलाकार चित्रकार हरु दुर्गा बराल सर, गोपाल सर, डि राम सर, स्वर्गीय किरन रन्जित सर, भुर्तेल सर अनि अरु अरु सङ पनि परिचित हुने मौका पाउनु का साथ सह यात्रु साथी हरु पनि थुप्रै भेट्न् पाएको छु .......

अन्त्यमा ,
जे होस आफू सङ भएको कला प्रती एक दम संतुष्ट छु किन कि मलाइ चित्र कला प्रती र पेन्टिङ प्रती झुकाब अत्यन्तै छ तर दुख लाग्छ यो जिन्दगी को भाग दौड मा चित्र कला र पेन्टिङ कहिले समातिने त कहिले त्यागिने हुदा म आफै खुसी हुन सकेको छैन .........

जे होस ! कुनै बेला मन मनै भन्ने गरेको थिए यो चित्र कला र पेन्टिङ उमेर गए पछि घर मै बसि बसि गर्ने काम हो सो आज भोलि पनि त्यस्तै त्यस्तै लाग्छ .....

अब त उमेर सङ सङै चित्र कला र पेन्टिङ लाई निरंतरता दिनु पर्ने सोच का साथ अब पुर्ण नया तरिका मा सुरुवात गर्दै छु .....

यो मेरो आफ्नै ब्यक्तिगत कथा मात्र हो ......