भनिन्छ नि! कुनै पनि मानिस आफै मा खराब र नराम्रो पक्कै हुदैन बस! समय अबस्था र परिस्थिती ले मात्र खराब र नराम्रो हुने तसर्थ जिन्दगी मा कसै लाइ पनि नकारात्मक र सकारात्मक सोच्नु पुर्ब सब कुरा बिस्तृत रुप मा बुज्नु एक दम बुद्धीमानि हुन्छ नत्र जिन्दगी मा एक सोच र बोचार ले कुनै ब्यक्ती को जिन्दगी एक परिवार को परिवार र एउटा् समाज को समाज नै अध्यारो मा हुन सक्छ .........
मानिस जन्म देखि नै रिस क्रोध र आफ्नै तरिका मा जिउने एक गजब को प्राणी हो तर शिक्षा र दुनियाँ ले समय चक्र अनुसार सिकाउदै सिक्दै जाने क्रम मात्र हो तेसै ले यहाँ कोहि पनि खराब हुदैनन र कोहि पनि असल हुदैनन ......
यत्ती मात्र बुझेर हरेक ब्यक्ती सङ व्यबहार गर्नु होस तपाईं को जिन्दगी सुभ हुने छ ......
यो जिन्दगी पनि कत्ती रमाइलो छ कि बुझेर बुझ्न सकिँदैन ! मानिस आफै मा घमण्ड र अहंकार ले भरेको हुन्छ अझ कुनै नसा र रक्सी सेवन गरे झन क्रोधी र रिसाह हुँदै एक दानव बन्ने गर्दछ .....
नसा सेवन गरि हुने जत्ती पनि घटना हरु छन ती सब तेहि घमण्ड र अहंकार का साथ एकोहोरो पन नै प्रमुख कारण हुन ......
रक्सी सेवन गर्नु आफै मा खराब पक्कै होइन तर यति मात्र हो कि रक्सी किन पिउदै छौ ?
हामी मानिस हरु रक्सी सेवन गर्छौ तब जब पुर दुख अनि पिडा मा हुन्छौ ......
मलाइ आज को समयमा दुख र आत्म ग्लानी त पक्कै लाग्दैन बस यति मात्र हो मैले जिन्दगी मा यति राम्रा राम्रा सुवर्ण अवसर हरु आफ्नै एकोहोरो पन घमण्ड र अहंकार ले गर्दा त्याग्नु पर्यो त्यो पनि एक जना तेस्तो ब्यक्ती र तेस्तो परिवार को लागि जो न मेरो थियो न त कुनै दिन नै मेरो जिन्दगी को अंस थियो .......
नसा रक्सी पिउनु को कारण देख्नु मेरो मुर्खता थियो र जत्ती बुझ्ने भए पनि त्यो बस! मेरो गल्ती थियो ....... किन कि आज आएर बुज्दै छु यो दुनियाँमा कसैलाइ दोष दिनु भने को एक लाचार र निकम्मा कार्य मात्र हो .......
जब कसैलाई दोष दिदै रक्सी नसा पिउन लाग्छौ तिमी त पल पल मर्दै छौ तर आफ्नो अमुल्य जीवन पनि गुमाउदै छौ ......
जिन्दगी मा नसा प्रयोग गरेर मैले यत्ती राम्रो राम्रो कुरा हरु गुमाए कि आज आएर आत्म ग्लानी र पछुतो त हुदैन तर सोच्ने गर्छु सायद त्यो भए को भए जिन्दगी आझै आज भन्दा उत्तम उच्च र सुन्दर हुने थियो कि ?
अन्त्यमा ! बास्तब मा नसा रक्सी र एकोहोरो पन जिन्दगी को लागि एक दम घातक हो तसर्थ कि नसा देखि बच्नु कि एकोहोरो पन देखि ....... अन्यथा न जीवन रहन्छ न जिन्दगी ......