24 April 2020

ब्यक्तिगत भोगाइ र बुझाइ : सम्बन्ध बिछोड पछि को सम्बन्ध र नव जीवन


हाम्रो समाज मा पहिलो बिबाह को दुखद र सुखद अन्त्य पछि अर्को सम्बन्ध को शुरुआत गर्न कठिन छ एक पुरुष लाई त हजार प्रस्न हरु को सामना गर्नु पर्छ र अनेक कुरा हरु को लागि तयार हुनु पर्छ भने नारी लाई पनि एक नव सम्बन्ध को साथ नव दाम्पत्य जीवन को शुरुआत गर्न आफै मा कठिन छ त्यो सब समय अबस्था र परिस्थिती हेरेर बुझ्न सकिन्छ ।
बास्तब मा एक बैबाहिक जिन्दगी को सुखद होस कि दुखद अन्त्य पछि फेरि एक नया सम्बन्ध स्थापित गरेर जिन्दगी अगाडी बढाउनु बास्तब मै चुनौती र कठिन को जिन्दगी हो तर म मेरो यो लेख मा ब्यक्तिगत बुझाइ र भोगाइ लेख्दै छु सायद यो लेख ती नव सम्बन्ध स्थापित गरेर नव जीवन सुरु गर्ने ब्यक्ती हरु को लागि एक असल बिचार हुन सक्छ ।
कृपया ! यो मेरो एक ब्यक्तिगत बुझाइ भोगाइ र सोचाइ मात्र हो .......

१. पुर्ब सम्बन्ध र बैबाहिक जीवन खुलस्त ब्यक्त गर्नुहोस:
यदि तपाईं पुर्ब बैबाहिक सम्बन्ध त्याग पछि नव जीवन नव ब्यक्ती का साथ सुरु गर्दै हुनु हुन्छ भने बिबाह पुर्ब नै पुर्ब बैबाहिक जीवन र भुतपुर्व सम्बन्ध को बारेमा यसरी खुलस्त ब्यक्त गर्नु होस कि भोलि का दिन मा पुर्ब बैबाहिक जीवन र सम्बन्ध को कारण कुनै दिन फेरि नव सम्बन्ध मा खराब दिन नआओस ।

२. गल्ती देखाउने र गल्ती लुकाउने कार्य नगर्नु होस:
यदि नव जीवन को सुरुवात गर्दै हुनु हुन्छ भने पुरानो बैबाहिक जीवन र सम्बन्ध को बारेमा केवल सत्य तथ्य र यथार्थ कुरा घटना र जीवन सम्बन्धी कुरा हरु भन्नू होस तर आफ्नो गल्ती हरु प्रती झुठो नबोल्नु होस अनि कोहि कसैको गल्ती नऔलाइ सत्य तथ्य मात्र बताउनुहोस किन कि नव जीवन को साथी सङ जिन्दगी जिउनु छ त्यो पनि आफ्नो ठाउमा अनि आफ्नै जिन्दगी मा .....

३. गल्ती हरु स्विकार गर्नु र आफ्नो गल्ती हरु प्रष्ट भन्नू होस :
नव बैबाहिक जिन्दगी को शुरुआत मा नव जीवन साथी लाई तपाईं को पुर्ब जीवन र सम्बन्ध प्रती का हरेक गल्ती हरु प्रष्ट भन्नू होस र आफ्नो जस्तो सुकै गल्ती हरु पनि स्वीकार गरेर अगाडी नव जीवन को शुरुआत गर्नु होस ।

४. पुर्ब सम्बन्ध का गल्ती हरु फेरि नडोहोराउनु होस:
नव जिन्दगी नव साथी का साथ सुरुवात गर्दै हुनु हुन्छ भने पुर्ब बैबाहिक सम्बन्ध का आफ्ना गल्ती हरु नदोहोराउनु होस र नव साथी लाई पनि ती गल्ती हरु नगर्न सम्झाउनु होस किन कि बारम्बार गल्ती हरु माफी का लायक हुदैनन अनि सम्बन्ध हरु हजारौ पटक सफल हुन सक्दैनन ।

५. झुठो बोल्ने र रिस घमण्ड र अहंकार नगर्नुहोस् :
हरेक सम्बन्ध जुन नव होस कि पुर्ब सम्बन्ध हरु कुनै पनि हालत मा झुठो बोल्नु सफल सम्बन्ध को आधार होइन भने रिस घमण्ड र अहन्कार गर्नु भने को कुनै पनि सम्बन्ध दिगो नहुनु हो तसर्थ झुठो नबोल्नु , रिस , घमण्ड र अहंकार कदापी नगर्नुहोस् ।

६. पुरानो सम्बन्ध का गल्ती हरु फेरि नदोहोर्‍याउनु होस:
नव जीवन को सङ्हार मा पुगे पछि तपाईं ले आफू मा भएको खराब र नकारात्मक बानी हरु र कुरा हरु लाई आत्मसात गरि भोलि का दिन मा नदोहोर्‍याउने अबस्था सृजना गर्नु पर्छ किन कि ती नकारात्मक कुरा हरु कुनै पनि सम्बन्ध मा स्वीकार योग्य हुदैनन ।
यदि तपाईं का खराब आचरण , चरित्र र दुव्र्यवहार का साथ कुनै नशा सम्बन्धी छन भने सुधार गर्नु होस।

७. पुर्ब छोराछोरी प्रति को कर्तव्य र जिम्मेवारी खुलस्त गर्नु होस:
यदि तपाइको पुर्ब बैबाहिक जिन्दगी र सम्बन्ध को कारन छोराछोरी हरु छन भने स्प्रस्ट आफ्नु कर्तव्य र जिम्मेहरु नव जीवन साथी समक्ष खुलस्त भन्नू होस किन कि भोलि आफ्नो छोराछोरी हो नजिक आउन पनि सक्छन किन कि भोलि को दिन कस्ले पो देखेको हुन्छ र ?

८. गल्ती हरु बाट सिकेर नव जिन्दगी हासेर जिउनुहोस:
यदि नव जीवन शुरुआत गर्दै हुनु हुन्छ भने पुराना दोष गल्ती र खराब बानी हरु बाट सिकेर नव जिन्दगी अगाडी लग्नु होस र हरेक दिन नव जिन्दगी मा नव सम्बन्ध मा आफ्नो पुरानो गल्ती हरु बाट सिकेर नव जिन्दगी को सुरुवात गर्नु होस त्यो पनि खुलेर हासेर .......

९. भ्रम र झुठो अनि खोक्रो इज्जत सम्पती को धाक नदिनु होस:
नव जीवन को नव जीवन साथी को साथ झुक्केर पनि भ्रम र झुठो अनि खोक्रो कुरा हरु गरेर आफ्नो नव जिन्दगी को लागि आफै मलामी को तयार नगर्नु होस किन कि धन सम्पती र खोक्रो इज्जत र सान ले पुरानो जिन्दगी जस्तै नव जीवन नि खराब हुन सक्छ बरु आफ्नो वास्तविक अबस्था सुनसुनु होस र आफ्नो यथार्थ भन्नू होस किन कि सबै लाई धन सम्पती र पैसा मात्र होइन प्रेम सम्बन्ध परिवार र जिन्दगी जिउने साथी पनि चाहियेको हुन्छ तसर्थ खोक्रो र भ्रम का कुरा हरु नगर्नु होस ।

१०. पुरानो सम्बन्ध का सकारात्मक गल्ती हरु नदोहोर्‍याउनु होस:
हरेक सम्बन्ध हरु नकारात्मक कुरा र खराब कारन ले मात्र धोस्त भएको हुदैनन तसर्थ यदि नव साथी का साथ नव जीवन शुरुआत गर्दै हुनु हुन्छ भने पुरानो जीवन का सकारात्मक गल्ती हरु झुक्केर पनि नदोहोर्‍याउनु होला नत्र फेरि जीवन मा सुख ले गल्ती हरु हुँदै जान्छन किन कि हरेक मानिस हरो को गल्ती र कमि कमजोरी हरु उस्तै उस्तै हुन्छन .....
सुख मा मात्तिने र दुख मा आत्तिने बानी नै सबै भन्दा खराब बानी हो तसर्थ नव जीवन मा धेरै स्वतन्त्रता ! फुलमासी बानी हरु ! माइती को धाक धक्कु ! खुलस्त जीवन र सिमा भन्दा धेरै अवसर हरु दिने कार्य हरु गर्नु हुदैन अर्थात पुरानो सम्बन्ध का सकारात्मक गल्ती हरु गर्न दिनु हुदैन ।

यो मेरो नितान्त ब्यक्तिगत सोचाइ बुझाइ र भोगाइ को निचोड थियो कृपया ! सहमति हुनु पर्छ भन्नू छैन किन कि मानिस हरु को बुज्गाइ भोगाइ र सोचाइ फरक फरक हुन सक्छ तर पनि नव जीवन प्रती सजग हुनु नै सकारात्मक कुरा हो ।

धन्यवाद