ज्योतिषशास्त्रमा राशिलाई विभिन्न किसिमले विभाजन गरिएको छ । जस्तै ः- वर्ण वश्य तारा योनी राशिश गण कूट र नाडी आदिबाट राशिलाई बुझ्न सक्छौं । राशिलाई वर्णगत तरिकाबाट विचार गर्दा चार भागमा विभाजन गरिएको छ । जस्तै ः- ब्राह्मण वर्ण क्षत्रीय वर्ण वैश्य वर्ण र शुद्र वर्ण । यसरी जातिगत हिसाबले हेर्दा ब्राह्मणादि वर्णमा पर्ने राशिहरु हुन ः- कर्कट वृश्चिक र मीन । क्षेत्रीय वर्णमा पर्ने मेष िसंह र धनु । वैश्य वर्णमा पर्ने वृष कन्या र मकर । शूद्र वर्णमा पर्ने मिथुन तुला र कुम्भ हुन् ।
कुनै व्यक्तिसँग प्रेम गर्दा विवाह गर्दा अथवा घरमा नोकर चाकर आदि राख्दा मालिकको भन्दा नोकर चाकरको वर्ण सानो हुनु जरुरी छ । विवाह गर्दा कन्याको वर्णभन्दा वरको वर्ण उच्च रहेमा राम्रो सम्बन्ध हुन्छ । यसरी जीवनलाई अझ बढी सुमधुर बनाउनका लागि गणको पनि ठुलो भुमिका छ । गणलाई तीन भागमा छुट्याउन सकिन्छ ः देवगण मनुष्यगण राक्षसगण ।
-देवगण अन्तर्गत नौ नक्षत्रहरु पर्दछन् । हस्ता रेवती पुनर्वसु तिष्य स्वाती मृगशिरा श्रवण अश्विनी र अनुराधा यी नक्षत्रमा जन्मनेहरुको देवगण हुन्छ ।
-मनुष्यगण अन्तर्गत पर्ने नौ नक्षत्रहरु हुन् पुर्वफाल्गुन उत्तरफाल्गुनी पुर्वषाढा पूर्वभाद्रपदा उत्तरभाद्रपदा आर्दा भरणी र रोहिणी ।
-राक्षसगणमा पर्ने नौ नक्षत्रहरुमा कृतिका अश्लेषा मघा चित्रा विशाखा ज्येष्ठा मूल धनिष्ठा र शतभिषा हुन् ।
माथि उल्लेखित गणमा पर्नेहरुले कुन गणसँग सम्बन्ध रहेमा राम्रो र कुन गणसँग सम्बन्ध रहेमा नराम्रो हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यस कारण सम्बन्ध राख्ने ब्यक्ति बीचमा एउटै गण भएमा अत्यन्त राम्रो हुन्छ भने देवगण - राक्षसगण भएमा झगडा देवगण-मनुष्यगण भएमा सामान्य सम्बन्ध र राक्षसगण-मनुष्यगण बीच प्रेम होस् या अन्य कुनै सम्बन्ध रहेमा भयङ्कर शत्रुता र मृत्युसम्म हुनसक्छ भन्ने उल्लेख छ । विशेष गरी विवाहमा गण आदि मिलाएर विवाह गरिन्छ ।
दुई व्यक्ति बीचको सम्बन्धलाई अझ बढी सुमधुर बनाउन योनीको पनि ठूलो महत्व छ । विवाह गर्दा वर र कन्याको राशिगत एउटै योनी भएमा अतिमित्रता हुन्छ । मित्र योनी भएमा केवल मित्रता र वैर योनी भएमा सम्बन्ध राख्ने दुई बीच उदासिनता उत्पन्न हुन्छ । नक्षत्र अनुसार योनी निर्धारण हुन्छ । जस्तै ः- आश्विनी नक्षत्रमा जन्मनेहरुको अश्व योनी भरणी नक्षत्रमा जन्मनेको गज योनी कृतिका नक्षत्रमा जन्मनेको अज योनी रोहिणी नक्षत्रमा जन्मनेको सर्प योनी र मृगशिरादि क्रमश नक्षत्र हुनेहरुको सर्प कुकुर बिरालो भेडो बिरालो मूसो मूसो गाई भैंसी बाघ भैंसी बाघ मृग मृग कुकुर वानर न्याउरी मूसो वानर िसंह अश्व िसंह गाई र हात्ती । यसरी क्रमश ः नक्षत्रगत तरिकाबाट योनी थाहा पाएपछि एक आपसमा शत्रुता योनी लिई जन्मने ब्यक्ति ब्यक्ति बीच सम्बन्ध रहन गयो भने जीवन दुखद् बन्दछ ।
कुकुर र बिरालो न्याउरीमूसो र सर्प गाई र बाघ िसंह र हात्ती इत्यादि वैर योनी व्यक्ति भएका वर वधु नोकर र मालिक साथी साथी र बालक बालक बीच सम्बन्ध रहेमा यिनीहरु बीच राम्रो सम्बन्ध रहदैन । त्यसकारण जस्तोसुकै सम्बन्धमा पनि योनीगत प्रभाव परेको हुन्छ । तसर्थ वैरयोनीको विचार गरी सम्बन्ध राख्नुपर्दछ ।